पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले २५ औँ वर्षमा प्रवेश गरेको अवसर पारेर बिभिन्न कार्यक्रमहरू गरि रजत वर्ष महोत्सव मनाउने भएको छ । रजत वर्ष मनाउनको लागि सोमबार बुद्ध जयन्तीको अवसर पारेर पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले बुद्ध पूर्णिमाको दिन पारेर सहयोग बितरण गरिएको बताइन् । उनले रेडियोले वर्ष भरिनै गर्ने कार्यक्रमको सुरुवात भएको घोषणा गर्दै हरेक महिनामा एक एक वटा कार्यक्रम गर्दै जाने उल्लेख गरिन् ।

पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष बोधबहादुर कार्कीले रेडियो स्थापनाकाल देखि हालसम्म गरेका सामाजिक कामको प्रशंसा गरे । उनले २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा गरिएको खाद्यान्न तथा लत्ताकपडा सहयोग सह्रानीय भएको उल्लेख गरे । वात्स्यायन वृद्धाश्रमका व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बानियाँले विभिन्न सङ्घ संस्थाले गर्ने यस्तै सहयोगले वृद्धाश्रमको सञ्चालनमा सहयोग पुगेको बताए । उनले रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामहरूले महत्वपूर्ण भूमिका खेलेको बताए। रेडियो अन्नपूर्णका संस्थापक सदस्य तथा समाचार प्रमुख आरजु बिष्ट ‘सल्यानी’ले विगत र वर्तमान अवस्थाको बारेमा अनुभव शेयर गरे । उनले रेडियोको त्यो बेलाको आवश्यकता र अहिलेको अवस्थाको बारेमा बताए ।

कार्यक्रममा रेडियोका अध्यक्ष विश्वशङ्कर पालिखे, निर्देशक बिजेश पालिखे, स्टेसन म्यानेजर सञ्जय कुमार मल्ल, महाप्रबन्धक नारायण पौडेल लगायतले संस्थाको सहयोगले वृद्धाश्रमको सञ्चालनमा केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । २०५८ साल बैशाख १२ गते स्थापना भएको रेडियो अन्तर्गत रेडियो पब्लिक एफएम र अनलाइन अन्नपूर्ण सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0