पोखरा  । पोखराका पर्यटन व्यवसायीले तनहुँको बन्दिपुर गाउँपालिकासँग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने बारे छलफल गरेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायीहरूको टोलीले बन्दीपुर गाउँपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागि भएका थिए । 

पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाहरूको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह्य पर्यटकका लागि भ्रमणका लागि अनुरोध गरेका छन् ।

 बन्दिपुरलाई एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको थापाले बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको उनले सुनाए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दिपुर पनि जान सक्ने बताए । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफूहरू लागेको बताए । कार्यक्रममा बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल सङ्घ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दिपुर भ्रमण वर्षका बारेमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0