पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरूसँग आइतबार अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्‌घाटन गरेका थिए । 

प्रमुख पौडेलले सम्पूर्ण बालगृहमा  कार्यरत मजदुरहरूलाई अनिवार्य नियुक्तिपत्र सहित सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रदान गर्न र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने व्यवस्था भए  अनुसार सोही अनुसार कार्य गर्न आग्रह गरे। पौडेलले बालश्रम रहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गरे । उनले बालगृह सहित राज्यद्वारा नियन्त्रित र निर्देशित सबै निकाय मानव अधिकारको पूर्ण पालना सहित श्रम ऎन ,कानुन र निर्देशिकाको पूर्ण पालनामा थप गम्भीर हुनुपर्ने उल्लेख गरे ।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रम रहित प्रदेश बनाउनेतर्फ  सबैजना केन्द्रित हुनुपर्ने भन्दै श्रम ऎन, न्युनतम पारिश्रमिक सहित  र सबै कामदारलाई  सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने बताए।  कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका  प्रदेश  समन्वय अधिकृत  बद्री वाग्लेले  कास्कीका बालगृहहरूको वर्तमान अवस्था र चुनौतीका बारेमा जानकारी दिएका थिए ।

राष्ट्रिय बाल अधिकार परिषद काठमाडौँको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र स्वागत  उप प्रमुख सरिता माल तथा  सहजीकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए । कार्यक्रममा कास्की जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरू ,सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0