पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नं. २८ र कृषि सञ्जालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिविर तथा रैथाने बाली प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रममा अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पीपलडाली कृषक समूह द्वितीय, विमीरापानी कृषक समूह तृतीयस्याङ्खुदी कृषक समूह सान्त्वना भए । 

प्रथम, द्वितीय, तृतीयसान्त्वना हुने समूहले क्रमश  २०, १५, १० र ५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा उत्कृष्ट भेषभुषातर्फ कालिका महिला कृषक समुह प्रथम भयो । कालिका महिला समुहले नगद रु ५ हजार प्राप्त गरे । प्रतियोगितामा १५ समूहको सहभागिता रहेको थियो । 
कार्यक्रम स्थलमा बाली उपचार शिविरमा पनि सञ्चालन गरिएको थियो । शिविरमा वडाका कृषहरूले नगदेबालीमा भएका समस्या प्राविधिकसँग परामर्श लिएका थिए । भने रोगको पहिचान गरी उपचारका लागि परामर्श  र औषधी वितरण गरिएको थियो । कार्यक्रममा वडामा उत्पादन हुने रैथाने बाली धान, मकै, जौ लगायतका बिउबिजन प्रदर्शन गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले कृषि र पशुपालनमा दीर्घकालीन योजना बनाएर अगाडि बढेको जानकारी दिए । उनले पछिल्लो समय महानगरमा नगदे बालिको उत्पादन बढेको र आयत प्रतिस्थापन हुँदै गएको बताए । कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको जानकारी गराउँदै प्रमुख आचार्यले ७५३ पालिकामध्ये ३६ वटा कृषि उत्पादनमा न्यूनतम मूल्य तोक्ने पोखरा महानगरपालिका पहिलो स्थानीय सरकार भएको बताए । 

यस्तै महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले २८ नम्बर वडामा कृषिको विविधता रहेको बताए । धान, मकै, गहुँ, मरिच, मह, खसिबोका, दूध र तरकारी खेतीमा  वडामा उत्पादन हुने गरेको कडरियाले जानकारी दिए । कृषि ज्ञान केन्द्र, कास्कीका प्रमुख किरण सिग्देलले यहाँका जेठोबुढो लगायतका धानका बिउलाई जोगाएर राख्नुपर्ने बताए । उनले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने तर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो । 

नेपाली काँग्रेस कास्कीका निवर्तमान अध्यक्ष कृष्ण बहादुर केसीले पोखरा-२८ का कृषक समुहलाई आगामी आर्थिक वर्षमा आउने बजेटमा घटिमा एक करोड बराबरको कृषिमा आधारित योजना बनाएर महानगरमा लैजान आग्रह गरे । 

वडानम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले ग्रामीण वडा भएकाले कृषि उत्पादन बढाउनका लागि वार्षिक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न अनुदानका कार्यक्रमहरू महानगर र वडामार्फत किसानको घरसम्म पुर्याइएको उनको भनाई थियो ।  कृषि गीत प्रतियोगिता, बाली उपचार शिविर तथा रैथाने बाली प्रदर्शनी कार्यक्रमलाई कार्यक्रममा मात्र सिमित हुन नदिन वडावासीले कृषि उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्ने र त्यसमा वडाको साथ रहने प्रतिबद्धता अध्यक्ष लामिछानेको थियो । 

कार्यक्रमका आयोजक कृषि संजाल पोखरा–२८ का अध्यक्ष राधाकृष्ण तिवारीले वडामा २० वटा कृषक समूह रहेको जानकारी दिए । संजाल मार्फत किसानका आवाजहरुलाई उठाउने र सरकारका नीति तथा कार्यक्रममा समूहलाई जोड्ने प्रयास गरिएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णबहादुर केसी, प्याब्सन उपाध्यक्ष विरबहादुर बुढाथोकी, वडासदस्य डाल्ला देवी भुजेल र विरेन्द्र भण्डारी, नेकपा एमाले वडानम्बर २८ उपाध्यक्ष लक्ष्मी पौडेल, लेखनाथ उद्योग वाणिज्य संघमा महासचिव जानुका पराजुली, सानाकिसान कृषि सहकारी माझठानाका उपाध्यक्ष सिताराम तिवारीले बोलेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0