पोखरा । कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुँदै गरेको थुमाको डाँडा खाने पानी आयोजनाको निर्माण प्रगतिको सम्बन्धमा जिल्ला समन्वय समिति कास्कीले बिहीबार एक समन्वय बैठक आयोजना गरेको छ ।

आयोजनाका सम्बन्धमा देखिएका ढिला सुस्ती र समयमा सम्पन्न गर्न देखिएका विवाद समाधान गर्न सो समन्वय बैठक आयोजना गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।

४ करोड ६१ लाख १० हजार ८ सय २८ रुपैयाँमा सम्झौता भएको सो खानेपानी आयोजनाको ६६ प्रतिशत वित्तिय र ७५ प्रतिशत भौतिक प्रगति देखिएको भन्दै पौडेलले जति सक्दो आयोजना निर्धारित समयमा सम्पन्न गर्ने कार्ययोजना बनाउनुको विकल्प नभएको उल्लेख गरे ।

पौडेलले कतिपय विकास आयोजना स्थानीय राजनीतिक कारणले अवरुद्ध हुने गरेका केही उदाहरण भएको सन्दर्भ उल्लेख गर्दै विकास प्रभावित हुने कुनै पनि किसिमका कानुन विपरितका काम सह्य नहुने तत्काल समस्या समाधानको उपाय खोज्न सम्बन्धित सरकारी कार्यालय स्थानीय जनप्रतिनिधि र उपभोक्ता समिति सहित स्थानीय बासिन्दालाई आग्रह गरे ।

जिल्ला समन्वय समिति कास्कीका सदस्य राजु अधिकारीले निर्माण कार्यको क्रममा ट्रान्समिसन पाइपलाइनको काम गर्ने क्रममा चालू आर्थिक वर्षमा मर्के भन्ने ठाउँमा स्थानीय बिच विवाद हुँदा सम्पूर्ण निर्माण कार्य नै प्रभावित भएको भन्ने जानकारीमा आए लगत्तै समस्या समाधानका लागि सो बैठक आयोजना भएको उल्लेख्य गरे।

बैठकमा जिल्ला समन्वय समितिका सहित स्थानीय उपभोक्ता समिति ,निर्माण व्यवसायी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नेपाल सरकारको विशेष कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७६-०७७ को मिति २०७७ असार २१ गते कार्यादेश प्राप्त गरि मिति २०८२ असार ३० मा निर्माण सम्पन्न हुनुपर्ने सो आयोजना भिमेश्वर -संरक्षण – कृपा जे भि भरतपुर चितवनले निर्माण कार्य गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0