पोखरा । नेकपा (एमाले)कास्कीले पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा मङ्गलबार प्रवचन एवं सम्मान कार्यक्रम गर्ने भएको छ । नयाँबजार शान्ति वनमा रहेको पार्टी कार्यालयमा बिहान ११ः३० बजेपछि प्रवचन र सम्मान कार्यक्रम हुने पार्टी जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले क्षेत्रीले जानकारी दिए ।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन, उपलब्धि र कम्युनिष्ट पार्टीको योगदान’ विषयक प्रवचन कार्यक्रम, तीन जना कम्युनिष्ट योद्धालाई सम्मान र नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यलाई बधाई एवं सम्मान समारोह गरिने उनले बताए । 

कास्कीका तीन सङ्घीय निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी एक/एक जनालाई सम्मान गरिनेछ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट रूपा गाउँपालिकाका पुष्पकमल सुवेदी, क्षेत्र नम्बर २ बाट पोखरा–११ का डा. टुवराज बाँस्तोला र क्षेत्र नम्बर ३ बाट पोखरा–१९ का मीनराज पौडेललाई सम्मान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0