पोखरा । प्रणय गजलको वादशाहको  परिचय बनाएका स्व. प्रकट पगेनी शिवको अर्धकदको सालिक बन्ने भएको छ । उनको प्रथम स्मृति दिवसको अवसरमा रूपा ५ देउरालीमा सालिक शिलान्यास गरिएको प्रकट पगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टिकाराम पगेनीले जानकारी दिए । 

 बैशाख ६ गते शनिबार रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सालिकको शिलान्यास गरेका हुन् । समग्र रूपा तथा देशकै गहनाका रुपमा रहनुभएका साहित्यकारको सम्मानमा सालिक निर्माण गर्न लागिएको हो । 

रूपा वाङ्मय प्रतिष्ठानले पनि प्रकट पगेनी शिवको स्मृति दिवसकै अवसरमा उनको सम्झनामा प्रकट पगेनी शिव स्मृति पुरस्कार प्रदान गर्नेगरी प्रकट पगेनी शिव स्मृति अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ भने अक्षयकोष स्थापनामा  सहयोग गर्न सबैलाई आव्हान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0