पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमि पूजन बुधबार गरिने भएको छ ।
बुधवार बिहान भूमि पूजन सँगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । उक्त दिन सहभागिताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरूलाई समेत आग्रह गरेको छ ।
बिहान ठीक ११ बजेर १ मिनेट जादाको उत्तम साइतमा भूमि पुजन गर्ने आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । त्यस्तै यज्ञ कुण्ड खन्ने साइत भने ११ बजेर ११ मिनेटमा रहेको पनि आयोजकले जानकारी दिएको छ ।
गएको चैत्र १७ गते देखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरू भइरहेको छन् । नेपालको कान्छी भागवत वाचक अनुराधा पाण्डेयले गत चैत्र २९ गतेदेखि कथा प्रवचन गरिरहेकी छन् । कथा वाचक पाण्डेले आगामी बैशाख ५ गतेसम्म कथा प्रवचन गर्नेछिन् ।
