पोखरा । गीतकारको रुपमा स्थापित बनेका स्रष्टा शिव पलाँसले गायन क्षेत्रमा समेत हात हालेका छन् ।  उनले आवाज भरेको ‘तिम्रो सुनको हात्ती’ गीत सार्वजनिक भएको छ । केशव वादीले सङ्गीत भरेको गीतको रचना भने गीतकार पलाँसले नै गरेका हुन् । समाजमा घट्ने यथार्थ घटनालाई मार्मिक शब्द मार्फत तयार भएको यो आधुनिक गीत मार्फत उनले आफ्नो गायन कलालाई बाहिर ल्याएका छन् । गीत सार्वजनिक भए पश्चात प्राप्त सकारात्मक ऊर्जाले उत्साहित बनेका उनी विस्तारै दर्शकको साथ यो गीतले पाउने विश्वासमा छन् ।

वास्तविक नाम शिव अधिकारी रहेका गीतकार पलाँस स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका १ मा जन्मिएका हुन् । उनी हाल  संयुक्त राज्य अमेरिकामा छन् । सन्तोष रुचालले गाएको ‘बेहोसीमै छोडी गयौ’ गीत उनले रचना गरेको पहिलो रेकर्डेड गीत हो । ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ गीतले उनलाई गीतकारको छवि बनाइदियो । यसमा बी बी अनुरागीको सङ्गीत र शिशिर योगीको स्वर सुन्न सकिन्छ । त्यस यता सन्जु थापा, तेजेन्द्र गुरुङ, अर्जुन पोखरेल लगायतको सङ्गीतमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, कर्णदास, प्रमोद खरेल, स्वरूपराज आचार्य, नरेन्द्र प्यासी, मनोजराज, ईश्वर पोखरेल जस्ता गायकहरूले उनले रचना गरेका गीतहरूमा आवाज भरेका छन्। 

नेपालमा रहँदा झण्डै १० वर्ष शिक्षण पेसामा आवद्ध बनेका उनको  गीत रचना गर्ने क्रममा कमी भने आएको छैन । उनले रचना गरेका गीतको सङ्ख्या  ३ सय पुगिसकेको छ । यसरी रचना भएका गीत मध्ये चार दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन् । ‘तिम्रो सुनको हात्ती’  मार्फत गायन क्षेत्रमा समेत पाइला अगाडि बढाएका उनले यो गीत मार्फत गायन क्षेत्रमा समेत स्थापीत बन्ने सक्ने सम्भावना देखाएका छन् । पलाँस क्रियसनको प्रस्तुतीमा तयार भएको गीत पलाँस क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0