पोखरा । स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाजको अध्यक्षमा महेश्वर रिमाल चयन भएका छन् । बिहीबार पोखरामा भएको १५ औँ साधारण सभा तथा छैटौँ अधिवेशन मार्फत रिमालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जस अनुसार उपाध्यक्षमा सिता लम्साल चापागाईँ, सचिवमा प्रेमलाल लम्साल, सहसचिवमा डिल्लीराम काफ्ले र कोषाध्यक्षमा लाल प्रसाद चापागाईँ रहेका छन् ।
सदस्यहरूमा टेकप्रसाद काफ्ले, महेश कुमार पौडेल, मञ्जु पौडेल, नेत्रप्रसाद काफ्ले, सुमन काफ्ले, अर्जुनप्रसाद गौडेल, चेतनारायण पौडेल, दण्डपाणि चापागाईँ, मन कुमारी पौडेल, सविता सुनार, भेषराज काफ्ले चयन भएका छन् ।
यस अगाडि १५ औँ साधारण सभा तथा छैटौँ अधिवेशनको उद्घाटन समारोह समाजका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै सङ्घीय सांसद राजु थापाले समाजले गरेका कार्यहरूको प्रशंसा गरे । अर्जुनचौपारी पोखरा सम्पर्क समाजकी अध्यक्ष जमुना काफ्ले चापागाईँले समाजको औचित्य र भविष्यको कार्यदिशाबारे सुझाव प्रस्तुत गरिन् ।
संरक्षक हेमनारायण चापागाईँ, पूर्व अध्यक्ष मेघनाथ काफ्ले, सल्लाहकारहरू भरत गिरी, डा. भवानीशङ्कर पौडेल, विष्णुप्रसाद काफ्ले, डा. टेक नारायण पौडेल, ईश्वरीप्रसाद लम्साल, दरौँखोला सामीप्य समाजका अध्यक्ष बोधराज गौतम र दरौँ पोखरा सम्पर्क समाजका विजय खड्का लगायतले समाजको योगदानबारे चर्चा गर्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष महेश्वर रिमालले राखेका थिए भने सञ्चालन सचिव प्रेमलाल लम्सालले गरे । समाजको आर्थिक विवरण कोषाध्यक्ष सिता चापागाईँले प्रस्तुत गरेकी थिइन् ।
स्याङ्जा रापाकोट पोखरा सम्पर्क समाज रापाकोटबाट पोखरा बसोबास गर्ने व्यक्तिहरूको साझा संस्था हो । कार्यक्रममा उपस्थित पोखरामा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने रापाकोट बासीहरूले एक आपसमा रङ दलेर फागु पर्व समेत मनाए ।
