पोखरा । नेपाल तामाङ सांस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ सांस्कृतिक  नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको हलमा सम्पन्न प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम भएको छ । 

प्रतियोगितामा पूर्णिमा कला केन्द्र द्वितीय, बागिना कला केन्द्र तृतीय तथा नेपाल तामाङ घेदुङ सिमपानी इकाइले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्वितीय, तृतीय एवम् सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमश रु ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 

बिजेताहरूलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइबा तामाङ, पूर्व अध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ सांस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङ लगायतले वितरण गरेका थिए । 

कार्यक्रममा तामाङ समुदायको संस्कृतिमा योगदान गरे वापत नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष तथा लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका प्रथम उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, बरिष्ठ नृत्य निर्देशक अमर गोम्जा र गायक उर्गेन दोङलाई सम्मान गरिएको थियो । 

प्रतियोगितामा लामा गाउँ इकाई समाज, नेपाल तामाङ घेदुङ सिमपानी इकाइ, बिटुडी डान्स स्कुल, नमोबुद्ध युवा क्लब, पूर्णिमा कला केन्द्र, बागिना कला पाठशाला र डिडि नृत्य सेन्टर गरि ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा स्टार स्टुडियोका डान्स कोरियोग्राफर एवम् चलचित्र निर्देशक जसु गुरुङ, बरिष्ठ नृत्य निर्देशक अमर गोम्जा, नेपाल तामाङ सांस्कृतिक घेदुङका नृत्य निर्देशक  विक्रम तामाङ निर्णायक रहेका थिए । 

कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङ तामाङ, अम्बर तामाङ र प्रशान्त तामाङले गायन प्रस्तुती राखेको थिए । मञ्जुश्री तामाङ बौद्ध समाजका ८ वर्षीय यान्सेन तामाङले स्वागत नृत्य, सिमपानी समाजको नृत्य, म्हेन्दोमाया समाजबाट माया थोकरले नृत्य, कवि माधव खतिवडाले तामाङ कविता वाचन गरेका थिए । 

नेपाल तामाङ सांस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको उद्‌घाटन गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले गरेका थिए । कार्यक्रममा नेपाल तामाङ सांस्कृतिक घेदुङ पोखराका उपाध्यक्ष मिलन योञ्जनले स्वागत, निर्णायक जसु गुरुङले प्रतियोगिताको नियमबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सञ्जय मल्ल र मिस तामाङ पोखरा २०२४ रोशिला ब्लोन तामाङले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0