पोखरा । एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ को तयारी तीव्र पारिएको छ । आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार फेस्टिभलको बाह्रौं संस्करण फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुनेछ । यसपालिको फेस्टिभललाई थप विशेष र उत्साहजनक बनाउने लक्ष्यसहित खटिइरहेको आयोजकको भनाइ छ । अघिल्ला संस्करणहरूमा जस्तै यसपटक पनि फेस्टिभल बाराहीघाट, लेकसाइडमा हुनेछ, जहाँ देश–विदेशका साहित्यानुरागीको जमघट हुनेछ ।

ष्mबनभक सुरुवातदेखि नै फेस्टिभलले अग्रज तथा समकालीन लेखकहरूको साथसहयोग पाएको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी बताउँछन् ।

’बाह्रौँ संस्करणसम्म आइपुग्दा हामीले नयाँ पुस्ताका साहित्यकार, लेखक तथा विचारकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित मञ्च तयार पारेका छौँ’, उनले भने, विद्यालय तहबाटै साहित्यलाई पाठ्यक्रमको अंश बनाउनेदेखि नयाँ पठन संस्कृति विकासमा शिक्षक, अभिभावक तथा अन्य निकायहरूको भूमिकाबारेमा झकझकाउने हाम्रो प्रयास निरन्तर रहन्छ ।’

विश्वप्रसिद्ध भारतीय लेखक शशि थरूरको पुस्तक ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली संस्करण लोकार्पणसँगै फेस्टिभलको साङ्गे हुनेछ । भारतीय राजनीति, इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषक तथा चर्चित लेखक थरूरका कैयौं पुस्तकले विश्वव्यापी चर्चा पाएका छन्।

हामीलाई विश्वास छ— यहाँहरू सम्पूर्णको साथ, सहयोग र उपस्थितिले यस पटक पनि ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल २०२५’ मा शब्दहरू जीवन्त हुनेछन् । तपाईं र हामी कला, साहित्यको प्रवर्द्धनसँगै विचार निर्माण र आलोचनात्मक चेतको विकासमा सहकार्य गर्नेछौं

सन् २०११ देखि नेपाल लिटरेचर फेस्टिभल आयोजना हुन थालेपछी नेपालमा वार्षिक रूपमा दर्जनौं साहित्यिक महोत्सव हुन थालेको शुक्रबार पोखरामा आयोजना गरिएको प्रेस सम्मेलनमा फेस्टिभलका निर्देशक अजित बरालले बताए । यस्ता फेस्टिभलले ‘पब्लिक डिस्कोर्स’लाई बलियो बनाएको बरालको भनाइ छ ।

एनसेलकी इन्टेरिम मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सञ्चार र प्रविधिबाहेक कला र साहित्यका माध्यमबाट सबैलाई जोड्न कम्पनीको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेल फाउन्डेसनमार्फत यस उत्सवसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् ।

पोखराका पत्रकार एवम् कार्यक्रम सञ्चालक केशवशरण लामिछानेले साहित्य र नेपाल लिटरेचर फेस्टिभलको महत्त्वबारे चर्चा गरे ।

फेस्टिभल आयोजक सदस्य एवं पत्रकार भरत कोइरालाले इभेन्टहरूको सहर पोखरामा बर्सेनि हुँदै आएको लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण थप योगदान पुर्‍याएको विश्वास व्यक्त गरे । फेस्टिभलको सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेस्टिभलको उद्‌घाटन गर्नेछन् ।

यस पटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकको भनाइ छ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् । एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले सम्वर्द्धन गरेको छ । पोखरा महानगरपालिका प्रवर्द्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवर्द्धक छ । त्यस्तै उपप्रवर्द्धक रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैङ्क, ग्लोबल आइएमई बैङ्क र प्रभु बैङ्कले आयोजकलाई साथ दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0