पोखरा । प्रथम स्टान जुनियर साइन्स ओलम्पियाड क्विज तथा शिक्षक तालिम कार्यक्रम सम्पन्न भएको छ । जस अन्तरगत प्रथम स्टान जुनियर साइन्स ओलम्पियाड क्विज प्रतियोगितामा मदरल्याण्ड मावि प्रथम भएको छ । कास्कीका सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ४, ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूको  ४० टिम सहभागी प्रतियोगितामा मदरल्याण्ड माविका अनुराधा शर्मा, अभिरुप थापा, कृतिषा अधिकारी प्रथम भएका हुन्। प्रतियोगितामा मदरल्याण्ड माविकै उत्सव पौडेल, कृतिका अधिकारी, अजय चापागाइँ द्वितीय बने । 

यसैगरी बालोदय माविका मन्जिला अर्याल, रिसित अधिकारी र रिसिका ढकाल तृतीय बने ।  विज्ञान शिक्षक समाज कास्कीको आयोजना तथा भास्कर मेमोरियल स्कुलको आर्थिक सहयोगमा  भएको प्रतियोगितामा कास्कीका सामुदायिक तथा निजी विद्यालयहरूमा कक्षा ४, ५ र ६ मा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो भने शिक्षक तालिममा आधारभूत तहका विज्ञान शिक्षकहरूको सहभागिता रह्यो । विज्ञान शिक्षकहरूलाई सबलीकरण गर्ने, प्रश्नपत्र निर्माण गर्न सहयोग गर्ने तथा विद्यार्थीहरूलाई विज्ञान सम्बन्धी ज्ञान अभिवृद्धि गर्नका लागी कार्यक्रम गरिएको स्टान कास्कीका अध्यक्ष शान्ताराम लामिछानेले जानकारी दिए ।

 शिक्षक तालिम मा २० शिक्षक सहभागी बने। कार्यक्रममा पुष्प पौडेल ,प्रेम नारायण पोखरेल र भेषबहादुर केसीले सहजिकरण गरेका थिए । माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी तथा शिक्षकका लागी विज्ञान विषयसँग सम्बन्धित तालिम तथा कार्यक्रमहरू प्रशस्त मात्रामा हुने गरेपछि आधारभूत तहका लागी निकै कम मात्र यसप्रकारका कार्यक्रम हुने भएकाले सोही आवश्यकतालाई मध्यनजर गरेर विज्ञान समाज कास्कीले स्टान जुनियर साइन्स ओलम्पियाड क्विज तथा शिक्षक तालिम कार्यक्रम गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका कार्यालय प्रमुख गोविन्द पोखरेलको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रममा बोल्दै उनले राज्यले प्रदान गरेको र आफूसँग भएका स्रोत साधनको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । बालमैत्री ढङ्गले विद्यार्थीलाई सिकाउन कोसिस गर्न उनको आग्रह थियो ।

स्टान कास्कीका अध्यक्ष शान्ताराम लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा भाष्कर स्कुलको विद्यालय व्यवस्थापन समितिकिा  अध्यक्ष माधवी बाँस्तोला, स्टान गण्डकी अध्यक्ष सुजन लम्साल, सहजकर्ता पुष्पराज पौडेल र प्रेमनारायण पोखरेल, स्टानका सचिव सुनिल न्यौपाने लगायतले बोलेका थिए । यस कार्यक्रमको संयोजकमा पुरुषोत्तम ढकाल रहेका थिए ।  विज्ञान शिक्षक समाज नेपालको स्थापना वि.सं. २०६६ सालमा भएको हो । कास्कीमा भने यसको स्थापना २०७३ सालपछि स्थापना भएको हो । विज्ञान शिक्षक समाजले कास्कीले यसअघि माध्यमिक तहमा क्विज प्रतियोगिता, शिक्षकहरूलाई प्रयोगात्मक तालिम लगायतका कार्यक्रम प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0