पोखरा । गायक चेतन राईको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक भएको छ । गायक राईकै शब्द, सङ्गीतमा तयार भएको गीतको भिडियो समेत आकर्षक बनेको छ । मोडल सुजन सुवेदी र रिया तिवारीको अभिनय रहेको म्युजिक भिडियो चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएको हो । सफल पौडेलको छायाङ्कनमा तयार भएको भिडियो निर्देशन समेत राईले नै गरेका हुन् । सम्पादनको जिम्मेवारी राज धामीले पुरा गरेका छन् । यो गीत राईको नयाँ एलबम ‘स्पीड’मा समावेश भएको छ ।

सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।  गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। 

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0