पोखरा । थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रङ्गशालामा भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै थ्रीस्टार सेमिफाइनलमा पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलमा अतिरिक्त समय थप भएको थियो । थपिएको ३० मिनेटको समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा थ्री स्टारका दीपेश घले, फोडे फफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे।

मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरे। विशाल घलानको प्रहार बारमा लागेर फर्कियो भने आदित्य शाक्यको प्रहार थ्री स्टारका सरिन जिसीले रोकेका थिए । प्रतियोगितामा थ्रीस्टारका दिपेश घले प्लेयर अफ दि म्याच घोषित भए । अब थ्रीस्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ । यसअघि शनिबार भएको पहिलो क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज एफसीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ।

२४औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0