पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ।  कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलले उद्‌घाटन गरे ।

पौडेलले  स्वास्थ्य नागरिक नै सम्बृद्धिको  प्रमुख आधार भएको हुँदा  नागरिक आरोग्य कार्यक्रम सहित आयुर्वेद स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम थप प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।  कास्की सबै पालिकाहरूमा नागरिक आरोग्य कार्यक्रम मार्फत आयुर्वेदिक चिकित्सा पद्धतिलाई प्रभावकारी बनाउनुपर्ने बताए । शारीरिक, मानसिक ,भावना र सामाजिक स्वास्थ्य स्वास्थ्य जीवनका आधार परिष्कृत गराउन कार्यक्रम फलदायी भएको पौडेलले उल्लेख गरे ।

कार्यक्रममा नागरिक आरोग्य कार्यक्रम सहित आयुर्वेद चिकित्सा पद्धतिको बारेमा गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डाक्टर शङ्कर गौतमले अवधारणापत्र पेश गरेका थिए । सोही अस्पतालका डाक्टर राम कृष्ण भुजेलले स्वास्थ्य जीवनको लागि योगाको महत्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक मञ्च पोखरा १७ का टोपराज ढुङ्गानाले वडास्तरमा नागरिक आरोग्य समिति गठन भए पनि प्रभावकारी काम हुन नसकेको भन्दै वडा वडामा प्रभावकारी कामका लागि थप समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल , जीवन विज्ञान प्रशिक्षक शिक्षा विकास केन्द्र गण्डकी प्रदेश संयोजक शङ्कर पोखरेल, सोही केन्द्रका प्रशिक्षक बासुदेव पौडेल सहितले सो बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा  कास्कीका पालिकाहरूका स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक आरोग्य समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0