पोखरा । पोखरामा तेस्रो जुनियर जिल्ला स्तरीय एफ.डब्लु.एच.सी.कराँते च्याम्पियनसिप २०८१ आयोजना गरिएको छ । बालबालिकाको शारीरिक, बौद्धिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले हिमाली स्काउट ट्रुपले पोखरा १८ भकुन्डेमा च्याम्पियनसिपको आयोजना गरेको हो ।
हिमाली स्काउट ट्रुपका अध्यक्ष तथा हिमाली बाल कल्याण संरक्षण मञ्च नेपालका उपाध्यक्ष टङ्कप्रसाद गुरुङको अध्यक्षतामा भएको च्याम्पियनसिपको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गरेका थिए ।
हिरा बहादुर थापा, सुमीत्रा ढकाल, सजिना गौचन, निकिता रानाभाट लगायतले बोलेको कार्यक्रमको सञ्चालन कृष्णकुमार राजबाहकले गरे । नेपाल सितोरियो कराँते सङ्घ कास्कीको सहकार्य, नेपाल स्काउट प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको सहयोग र हिमाली बाल कल्याण संरक्षण मञ्च पोखरा १८ को व्यवस्थापनमा कार्यक्रम भएको हो ।
प्रतियोगिता अन्तरगत महिलातर्फको ३५ केजी तौल समुहमा अलिसा जलारी प्रथम, माया गुरुङ द्वितीय तथा प्रतिमा थिङ र गङ्गा सुनुवार तृतीय भए । पुरुषतर्फको ३७ केजी तौल समुहमा प्रवीन था प्रथम, क्रिसमन तामाङ द्वितीय, अनमोल तिवारी र रसिक ढकाल तृतीय भए ।
पुरुषतर्फको ३७ केजी तौल समुहमा अनुज पौडेल प्रथम, स्वस्तिक परियार द्वितीय तथा सुदीप पुन आकाश तामाङ तृतीय बने । पुरुषतर्फको २१ केजी तौल समुहमा शिशिर पुन प्रथम, अमर थापा द्वितीय, कुशल पाइजा र सुजन एसमाली मगर तृतीय बने ।
महिला तर्फको ३० केजी तौल समुहमा जेनिशा गुरुङ प्रथम, आरोही पुन द्वितीय तथा सिम्रन सरु मगर र आया मल्ल तृतीय बने । महिला तर्फको २५ केजी तौल समुहमा सोनी गुरुङ प्रथम, स्पर्श सुवेदी द्धितीय तथा आरध्या पौडेल र आरोही थापामगर तृतीय बने ।