पोखरा । पोखरामा बिहीबारबाट ‘फेवा संवाद २०२४’ हुने भएको छ । त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको छ । बिहीबारबाट सुरु हुने सम्मेलन विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रित हुने त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले जानकारी दिए ।

फेवा संवाद कार्यक्रममा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’बारे बहस हुने जनाइएको छ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा हुनेछ । प्रा.डा. केसीले त्रिविले पोलिसी बदल्ने बेला भएको बताएका उनले नेपालको उच्च शिक्षा अध्ययन गर्ने ८२ प्रतिशत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा पढ्ने बताए । उनले चुनौतीबीच अघिल्लो वर्ष भन्दा ३ प्रतिशत विद्यार्थी बढेको समेत खुलाए ।

कार्यक्रममा नेपालसहित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका दिग्गज व्यक्तित्वहरू, विज्ञहरू, अर्थशास्त्रीहरू, थिङ्क ट्याङ्क तथा राजनीतिज्ञहरूको सहभागिता रहने जनाइएको छ । प्रा.डा.केसीका अनुसार सम्मेलनमा चीनका ३०, नेपालका २०, भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट ३र३ जना सहभागी हुनेछन् । त्यस्तै, भुटान, मलेसिया, सिङ्गापुर, इन्डोनेसियालगायत देशबाट समेत सहभागिता हुने उनले जानकारी दिए । नियमित सेमिनार भन्दा फरक खालको कार्यक्रम भएको बताएका उनले रियल एकेडेमिक सेमिनार भने नभएको जनाए ।

सम्मेलनमा नेपालकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अधिकारी, पूर्व मन्त्रीहरू कमल थापा, डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महत लगायतका राजनीतिज्ञहरू सहभागी हुनेछन् । यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरू डा.दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा.गोविन्दराज पोखरेल, डा।विश्व पौडेल, पूर्व राजदूतहरू, विश्वविद्यालयका प्राध्यापकहरू लगायतको उत्साहपूर्वक सहभागिता रहने उनले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0