पोखरा। ‘समावेशी र दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा  अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा र्‍यालीसमेत कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गाको मानव अधिकारचोकबाट सुरु भएको र्‍याली न्युरोड हुँदै सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । र्‍यालीमा पोखरामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि र अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता थियो ।

र्‍यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले महानगरले निर्माण गर्ने पूर्वाधारहरू अपाङ्गमैत्री बनिरहेको बताइन् । महानगर अन्तर्गतका कार्यालयहरू निर्माण भएका भवनहरू अपाङ्गमैत्री बनेका छन् तर व्यक्तिगत घरमा लागू गर्न कठिन रहेको बताउदै छलफल गरेर अगाडि बढ्ने बताए। विगतका वर्षदेखि महानगरले निर्माण गर्ने सबै संरचना अपाङ्गमैत्री बनिरहेको बताए । उनले दिवसले अपाङ्गताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्नेतर्फ ध्यान केन्द्रीकृत गर्न भूमिका खेलेको ताइन्। कार्यक्रम गर्दा यस क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरेका छौ कमीकमजोरी भए सच्याएर जानसक्छौँअपाङ्गता भएका समुदायलाई बाहिर राखेर गरिने विकास पूर्ण हुन नसक्ने उपप्रमुख गुरुङले बताइन्।

उपप्रमुख गुरुङले अपाङ्गता भएकाहरूलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिइन् । उनले समाजले अपाङ्गता भएका व्यक्तिलाई गर्ने व्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् । उपप्रमुख गुरुङले महानगरले अपाङ्गता भएका व्यक्तिहरूका लागि ऐन, कानुन निर्माण गरेको र बजेटको समेत व्यवस्था गरेको बताउँदै केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने सङ्घसंस्थाव्यक्तिहरूको सुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताइन्

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, लोचना अधिकारी, अन्जना केसी, विष्णु सिग्देल, श्रीकान्त सापकोटा, दृष्टिविहीनहरूको तर्फबाट गिरिधारी सुवेदी, बहिराहरूको तर्फबाट सुनिता थापा, श्रवणदृष्टिविहिनको तर्फबाट पुष्पराज रिमाल, बौद्धिक अपाङ्गताको तर्फबाट रामनारायण श्रेष्ठ, बहु अपांगताको तर्फबाट सान्त्वना के.सी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल, मनोसामाजिक अपाङ्गताको तर्फबाट अर्जुन सुनार लगायतले अपाङ्गता क्षेत्रमा भएका समस्याका बारेमा बोलेका थिए । कार्यक्रम पोखरा महानगरपालिका अपाङ्गता भएकाको सञ्जालका अध्यक्ष गङ्गाबहादुर खड्काको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0