पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा  स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन र   वित्तिय सुशासन जोखिम मूल्याङ्कनबारेमा स्थानीय तहहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

 कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्‌घाटन गरेका थिए । पौडेलले स्व:मूल्याङ्कन   र वित्तीय जोखिम मूल्याङ्कन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुँदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे ।  प्रमुख पौडेलले अनुशिक्षण मार्फत सबै पालिका हरू निरन्तर कार्यक्षमता बढाउन लाग्नुपर्ने   बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक  ऋषिराम पाण्डेले स्थानीय तह संस्थागत क्षमता स्व:मूल्याङ्कन र वित्तिय सुशासन जोखिम मूल्याङ्कन बारेमा सहजीकरण गरेका थिए । 

अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख सहित  कार्यकारी अधिकृतहरू र विषयगत क्षेत्र हेर्ने  फोकल पर्सन कर्मचारीहरूको  सहभागिता रहेको थियो। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सीतादेवी विश्वकर्माले र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0