पोखरा । पोखरा मालेपाटनमा रहेको बाराही माध्यामिक विद्यालयले सेभेन ए साइड फुटबल आयोजना गर्ने भएको छ । विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर सामुदायिक विद्यालय कलस्टर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

विद्यालयका प्रधानध्यापक शिव प्रसाद भण्डारीले महानगरका १५ वटा विद्यालयको समुह रहेको त्यसलाई सामुदायिक विद्यालय क्लष्टर समुह नामाकरण गरिएको र तीनै विद्यालयबीच प्रतियोगिता हुन लागेको बताए ।

यो कलस्टरमा बाराही माध्यामिक विद्यालय, छोरेपाटन माध्यामिक विद्यालय, जनप्रिय माध्यामिक विद्यालय, तालबाराही माध्यामिक विद्यालय, कालिका माध्यामिक विद्यालय, भद्रकाली माध्यामिक विद्यालय, सिद्द माध्यामिक विद्यालय, शुक्रराज बलभद्र माध्यामिक विद्यालय, शितलादेवी माध्यामिक विद्यालय, बालमन्दिर माध्यामिक विद्यालय, शिवशक्ति माध्यामिक विद्यालय, इन्द्र राज्यलक्ष्मी माध्यामिक विद्यालय, विन्ध्यवासिनी माध्यामिक विद्यालय बाटुलेचौर, महेन्द्र माध्यामिक विद्यालय भलाम, नवप्रभात माध्यामिक विद्यालय रहेका छन् ।

यी १५ वटा विद्यालयबीच शैक्षिक क्रियाकलाप अतिरिक्त क्रियाकलाप सँगै हुने गर्दछ हरेक विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयले कार्यक्रम गर्ने गरेको प्रधानध्यापक भण्डारीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले मंसिर ९ गतेबाट ११ गतेसम्म चल्ने प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय लाग्ने बताए । विद्यालयले वडा सँगको सहकार्य कार्यक्रम गर्न लागेको उनले खुलाए । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार र द्वितीय हुने टिमले २० हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र हात पार्नेछन् ।

पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा बाराही माविका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालले बाराही खेल मैदानको स्तरोन्नति कार्य भैरहेको बताए । केही समय पछि इलाभेन ए साइड नै खेल्न मिल्ने बनाउने बताए । बाराही रङ्गशालालाई नमुना रङ्गशालाको रुपमा अगाडि बढाउन खोजिएको भनाइ उनको थियो ।

विद्यालयका खेल शिक्षक शुसिल केसीले आफूहरूको चाहना इलाभेन ए साइड नै खेलाउने भएपनि बाराही खेल मैदानका कारण सेभेन ए साइड फुटबल खेलाउन परेको बताए । प्राविधिक रुपमा मैदान ठिक भएमा आगामी वर्ष इलाभेन ए साइड खेलाउने जनाए ।

बाराही माविको मंसिर १५ गतेको वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम हुँदैछ । वार्षिकोत्सवको छेको पारेर कन्या माध्यमिक विद्यालय र बाराही माध्यामिक विद्यालयको छात्राको बीचमा समेत फुटबल खेल हुने विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0