चिवा । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) चिवा क्षेत्रीय समिति जापानले गत सेप्टेम्बर २२ तारिखमा सम्पन्न नेपाल फेस्टिभल चिवा २०२४ को आयव्यय विवरण सार्वजनिक गरेको छ ।
चिवाके माचुदो शहरमा जापानी समुदायमा नेपालको कला संस्कृति प्रचार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली र जापानीहरूका विविध कार्यक्रम गरेको थियो । माचुदो नेपाल फेस्टिभल २०२४ मा कुल ८६ लाख ७९ हजार ८ सय ४१ येन आम्दानी र ५६ लाख ३८ हजार २ सय ४५ खर्च भएको थियो । भने ३० लाख ४१ हजार ५ सय ९६ येन मुनाफा रहेको जनाईएको छ ।
एनआरएन चिवा क्षेत्रीय समितिका संयोजक समरजङ्ग खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा युवा संयोजक तथा फेस्टिभल आर्थिक संयोजक मुक्तिराज रेग्मीले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1