पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ । सङ्घका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले सङ्घको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

टुइन्स कलेक्सन बुद्ध विशाल बजारका सञ्चालक पौडेल बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका प्रवक्तासमेत हुन्। पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष, शीतल युवा क्लब पोखरा १२ को सल्लाहकार, जुत्ता व्यवसायी समिति कास्कीको प्रेस संयोजक, कास्की बडिबिल्डिङ एण्ड फिटनेस एशोसिएसनको प्रेस संयोजक, सुर्केमैदान सिर्जनशील क्लब पोखरा २८ को संस्थापक अध्यक्षसमेत रहेका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्यमा चयन भएका पौडेलले सङ्घको संस्थागत विकास र उद्योगी व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । अध्यक्ष कार्कीले उनलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गराइसकेका छन् ।

सङ्घको विधान अनुसार साधारण सदस्यहरूमध्येबाट ४ जनालाई अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष कार्कीले यसअघि सोवित पौडेल, कमलबहादुर सुनार र नवीन पौडेललाई मनोनित गरिसकेका छन्। सङ्घको विधान २०६५९ पहिलो संशोधन २०७२० को परिच्छेद ६ को धारा ६.१ को ‘ड’ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै उनीहरूलाई अध्यक्ष कार्कीले मनोनित गरेका हुन् । पौडेलको यो मनोनयनसँगै पोखरा उद्योग वाणिज्य सङ्घको कार्यसमितिले पूर्णता पाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0