पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् ।

एशियाली विकास बैंकको निमन्त्रणामा संयुक्त राष्ट्र संघ मानव बसोबास कार्यक्रम तथा ईजिप्ट सरकारद्वारा आयोजित “दिगो शहरी विकास र मानव बसोबाससम्बन्धी विश्वव्यापी छलफल” प्रमुख आचार्य आज इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव पूर्ण लामाले जानकारी दिएका छन् ।

“सबै कुरा घरबाट सुरु हुन्छ: दिगो शहर र समुदायका लागि स्थानीय क्रियाकलाप” भन्ने नाराका साथ १५० भन्दा बढि राष्ट्रहरुको सहभागीतामा हुने कार्यक्रम नोभेम्बर ४ देखि ७ गते सम्म संचालन हुने बताइएको छ ।

भ्रमणका क्रममा जलवायु परिवर्तन, एशियाली विकास बैंकको लागत साझेदारीमा सञ्चालित परियोजनाहरूको प्रगति, आगामी कार्यहरू, सम्भावित अवसरहरूको पहिचान तथा लगानी सुनिश्चितताको विषयमा छलफल हुने बुझिएको छ।

यस कार्यक्रम पोखराको दिगो विकास र ठूला परियोजनाहरूका अगाडि बढाउन अत्यन्त सहयोगी हुने विश्वास गरिएको स्वकीय सचिव लामाले जनाए ।

कार्यक्रमका दौरानमा विकास साझेदार संस्थाहरूको सहयोगमा पोखरामा संचालित तथा संचालनका लागि अगाडि बढेका २८ अर्बभन्दा बढीका परियोजनाहरुको प्रभावकारी कार्यन्वयनका लागि दातृ निकायका प्रतिनिधि संग कुराकानी हुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0