पोखरा । फेवातालको उपल्लो तटीय क्षेत्र फेवाफाँटस्थित ल्यान्डिङ जोनमा शनिबार बृहत् सफाइ अभियान कार्यक्रम सम्पन्न गरिएको छ । मनपरी किसिमले फालिएको मदिराजन्य शिसीका बोत्तल र प्लास्टिकजन्य फोहरमैलाका कारण फेवाताल प्रदुषण भएको भन्दै नागरिक समाज कास्कीको आयोजनामा बृहत् सफाइ अभियान गरिएको हो । सो क्षेत्रमा वातावरणीय दण्डहीनताको अन्त्य हुनेगरी बृहत् सफाइ अभियान सम्पन्न भएको वातावरण संरक्षणका लागि महाअभियान कास्कीको संयोजक एवं नागरिक समाज कास्कीको संस्थापक संयोजक रामबहादुर पौडेलले बताए ।

पोखरा महानगरपालिका वडा नं. १८ सँगको समन्वयमा सातौँ पटककको कार्यक्रम भएको हो । सफाइ अभियानमा नेपाली सेना, शसस्त्र प्रहरी वल, महानगरिय प्रहरी, जलारी समुदाय, अभियान महिला समुह, खहरे आमा समुह, माछापुच्छ्रे महिला क्लब, महिला पर्यटन व्यवसायी मञ्च ओटेफ, नारी जागरण अभियान, पोखरा महानगरपालिका सरसफाई महाशाखाको सहभागिता रहेको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0