पोखरा । नेपालले पहिलो टी–२० आई खेलमा घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ । शुक्रबार  भएको खेलमा जित हासिल गर्दै तीन खेलको शृङ्खलामा सुखद सुरुवात गरेको हो ।

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्रै बनाउन सक्यो।

अमेरिकाका लागि शायन जहाँगीरले ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि यो पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भएका थिए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले तीन, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक-एक विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७-२७ रन जोडेर आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए।

अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान दुई विकेट लिए। अलि खान र नोस्टुसले समान एक विकेट आफ्नो नाममा गरे। नेपालले दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0