काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम ऐन, २०८१ को मस्यौदामा छलफल गरेको छ । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्राप्त सुझावहरूलाई समावेश गर्ने, मस्यौदालाई सरोकारवालाहरूसँग अझै घनिभूत छलफल सहित परिपक्व ऐनको मस्यौदा तयार गर्नु पर्ने कुरा बताइन् ।

सो छलफलमा प्रस्तावित ऐनको मस्यौदामा रहेका परिषद्को गठन, सङ्घीय प्रदेश संरचना, सीप परीक्षण समिति, ऐनले समेट्ने क्षेत्र, अन्तरमन्त्रालय समन्वय, कार्यरत कर्मचारीको सेवा सुविधाको निरन्तरता र कर्मचारी समायोजन जस्ता विषयमा सहभागीहरूले आ आफ्ना सुझाव तथा धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उक्त मन्त्रालयका सचिव, महाशाखा प्रमुखहरू, सिटिइभिटीका सदस्य सचिव र निर्देशकहरू सहभागी भएको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा छलफल कार्यक्रम सम्पन्न भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0