पोखरा । फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार गरेको छ । विहीबार अपरान्ह अचानक आएको हावाहुरीका कारण काठको डुङ्गामा फेवातालकोबीचमा अडकिएका रूपन्देही देवदह न.पा.११ घर भई काठमाण्डौ तोखार न.पा. बस्ने वर्ष २२ का मनिष विश्वकर्मा र रूपन्देही देवीनगर न.पा.११ बुटवल बस्ने वर्ष २२ कि प्रीति सुनारलाई सशस्त्र प्रहरी बल नं.२४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धारकहरूले सकुशल उद्धार गरेका हुन् ।

काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी तालकोबीचमा अतालिएको र उद्धारका लागि चिच्याईरहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए।

एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको विशेष  बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने बित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0