पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ वार्षिक उत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम गरिएको छ । संस्थाले वार्षिक उत्सवसँगै मानवीय सामाजिक उत्तरदायित्वका लागी हरेक वर्ष रक्तदान सहित विविध सामाजिक कार्यहरू गर्दै आएको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।
रोटरी क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब पोखरा दर्पणको सहकार्यमा रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३३ युनिट रगत सङ्कलन भएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै संस्थाका सल्लाहकार, पूर्व जनस्वास्थ्य प्रमुख सोभियत बहादुर अधिकारीले, पहिलो रक्तदाता रोटरी क्लब लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारी लाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।
रक्तदानको महत्व सँगै सहकारी मार्फत भएका रचनात्मक कार्यले समाजमा सकारात्मक एकताको सन्देश दिएको अधिकारीले बताए । कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख महेन्द्र के.सी., रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्षहरु अर्जुन खनाल, राजेन्द्र लिगल, शोभाकान्त सिग्देल, डा. वीर बहादुर कार्की, लायन्स क्लब ३२५ एलका रक्तसञ्चार प्रमुख जितेन्द्रमान शाक्य, जोन प्रमुख महेन्द्र पौडेल, पोखरा दर्पणका कार्यवाहक अध्यक्ष पदमलाल अधिकारी, सामुदायिक रेडियो प्रसारक सङ्घ गण्डकीका कोषाध्यक्ष तीर्थ के.सी. लगायतले आ आफ्नो धारणा राखेका थिए ।
सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सचिव कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा, सञ्चालक तारादेवी थापा, रोटरी कार्यक्रम संयोजक राजकुमार अर्याल लगायतले कार्यक्रममा आ आफ्नो भनाई राखेका थिए ।
वि.स. २०६३ मा स्थापित सहकारीले सामुदायिक रेडियो सराङकोटको सञ्चालन सँगै बचत तथा ऋण मार्फत गएको वर्ष २ अर्ब ३४ करोडको कुल कारोबार सहित ४४ करोड कर्जा लगानी गरेको जमाएको छ ।