पूर्ण परियार, पोखरा । यतिबेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २४ औँ केन्द्रिय वार्षिक साधारण सभा तथा विधान अधिवेशन गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा असोज ११ र १२ गते आयोजना भएको प्रचार प्रसार भैरहेको छ । खुसीको कुरा के छ भने यस प्रदेशले प्रतिष्ठानका ऐतिहासिक कामहरू सफलरूपमा सम्पन्न गर्दै आएको छ, त्यसै क्रममा यो संस्थाको ऐतिहासिक ७ औँ महाधिवेशन पोखरामा सम्पन्न गर्दै गर्दा आयोजक समितिको जिम्मेवार भूमिका प्रतिष्ठान गण्डकी प्रदेशको बरिष्ठ उपाध्यक्षका हैसियतले मैले पनि प्राप्त गरेँ ,त्यसैले यत्ति भन्न सक्छु यो कार्यक्रम पनि पोखरा टेकेपछि उसै सफल भैसक्यो, आदरणीय केन्द्रीय अध्यक्ष ज्यूलाई ड्यासिङ नेतृत्वको रुपमा सर्वत्रचर्चा सुन्न र देख्न पाइन्छ त्यसैले पनि विगतका साधारण सभा र विधान अधिवेशनहरू भन्दा अझै यो उत्सव बेग्लै र प्रतिष्ठानको इतिहासमा सम्झना लायक रहनेछ ।
साधारण सभा त उसै पनि सफल हुन्छ भैरहेका कामको अनुमोदन र यो वर्षको योजना तयारी गरि अनुमोदन गर्ने गरि नै योजना छ होला त्यसैले साधारण सभा र विधान अधिवेशनको शुभकामना व्यक्त गर्दै । आफूले ऊर्जाशील उमेरलाई समर्पण गरेको संस्थाप्रति यो विशेष अवसरमा केही बुझाइलाई सार्वजनिक गर्नु सान्दर्भिक जस्तो लागेको छ । यो अवसरमा उपस्थित हुने प्रतिनिधि पर्यवेक्षक तथा अग्रज समकालीनज्यूहरूले साधारण सभा र विधान सभालाई, अत्यन्तै फरक र घनिभूत छलफल गर्ने अवसरका रुपमा लिनु पर्दछ । जसका कारण अबको प्रतिष्ठान कुन बाटोमा लैजाने भन्ने दिशा निर्देश गर्ने छ ।
हामीले केही अभ्यास गर्दै आएका छौँ महाधिवेशनको बन्दसत्रमा संस्थागत अप्ठ्यारा परेका केही प्रस्तावहरू संशोधनका लागि पेश गर्दछौँ अनि केही सुझाबहरू सुनेर पास गर्दछौँ र लगत्तै २ घन्टापछि कार्यान्वयनमा लगेर नयाँ समिति निर्माणतिर लाग्दछौँ । तर त्यो विशेष परिस्थिति मात्रै हो खास गरि अबको महाधिवेशन कस्तो बन्ने अबको महाधिवेशनसम्म पुग्दा के कस्ता तयारी गरेर जाने भन्ने विशेष तयारीको बेला यही विधान सभालाई उपयोग गर्नुपर्दछ । हामीले संस्था कस्तो बनाउन चाहन्छौँ त्यसको चित्र कोर्ने बेला यही हो त्यसैले समयलाई भरपुर उपयोग गरि घनिभूत छलफल गर्न जरुरी देखिन्छ । बरु अरु समय घटाएरै यो प्रक्रियामा समय खपत गर्दा राम्रै हुन्छ ।
अवश्य विधान संशोधन उपर प्रस्ताव पेश गर्ने समितिले गहन अध्ययन गरेरै जिल्ला जिल्लाहरुबाट सुझाबहरू सङ्कलन गरेकै होला । यद्यपि प्राविधिक कारणवश संस्था बाहिर परेका तर संस्थाको भलो चाहने निरन्तर योगदान गरेका प्रतिष्ठानकर्मीहरूसँग पनि सुझाब लिँदा बाहिरी आँखाको पनि सुझाबहरू विधानमा समावेश बन्न सक्छ्न् र सबैको अपनत्व हुन्छ । नवलपुर साधारण सभामा प्रतिष्ठान गण्डकी प्रदेशले निधान संशोधनमा सुझाब पेश गर्नका लागि मलाई जिम्मेवारी प्रदान गरेको थियो । प्रतिबेदन उपर अध्यक्ष सुरेन्द्र गुरुङ बोल्नु भएको थियो, समय ब्यबस्थापन लगायतका कारण मैले केही सङ्कलन गरेका सुझाब प्रस्तुत गरिन सुझाब पठाएको थिए । अहिले म कार्यकारी भुमिकामा छैन तर संस्थालाई मेरो मनले बुझेको छु मुटुमा सजाएको छु त्यसैले यो संस्थाको श्रीबृद्दिका लागि केही न केही गरिरहुं ,बोलिरहुं र लेखीरहुं भन्ने भाव जिवितै छ त्यसैले केही सुझाबहरू साधारण सभाको शुभकामना सहित । यो साधारण सभा तथा विधान सभाले निम्न केही बिसयमा बहस छलफल र निर्णय लिन सक्नुपर्दछ ।
१.जिल्ला, प्रदेश र केन्द्रमा संरक्षक र सल्लाहकारहरुको संख्या र योग्यता के हुने स्पष्ट हुने गरि बिधानमै लेख्ने या विधान सम्मत बिनियम बनाएर जाने छलफल हुन जरुरी छ ।
२.मौलाउदै गरेको प्रत्यक्ष दोहोरी उत्पादक कम्पनी तथा च्यानल र कलाकारहरुप्रती राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको धारणा विधानमा लेख्ने या कार्यनीतिमा हुनुपर्ने गरि अब बहस र छलफल गर्ने बेला आएको छ ।
३. राज्यले नै संगीत बिकासबोर्ड र यसको सेन्सर गर्ने आँट नगरेको वा जरुरी नठानीरहेको अवस्थामा, बिकृती न्यूनीकरण समिति त हाम्रो संस्थाभित्र छ तर यो समितिका प्रयासलाई र मान्नैपर्ने औचित्यहरूको बारेमा बृहत् छलफल हुनुपर्ने देखिन्छ। साथै समितिको कार्यबिधी अहिलेसम्म के छ तर छैन भनेँ स्पष्ट कार्यबिधी हुनु जरुरी छ त्यसैले यो साधारण सभाले छलफल गर्न सक्नुपर्छ र नीतिको ब्यबस्था हुनुपर्दछ ।
४. सरकारसँग अबको प्रतिष्ठानको सम्बन्ध के हुने, लोकदोहोरी बिकास बोर्ड गठन, लगायत कलाकारका पक्षमा सरकारले हेर्ने बिसयहरुका बारेमा पैरबी गरिरहने पैरवी संस्था हुनेकी, दर्ता अनुसार राज्यको एउटा गैरसरकारी संस्था मात्रै हुने यो बारेमा स्पष्ट नीति हुनु पर्ने जरुरीछ ।
५. प्रतिष्ठानको अहिलेसम्मको अभ्यास अधिवेशन महाधिवेशनका बेला एकपटक त्यो पनि सधैं पहिलो र अन्तिम पटक सदस्यता बितरण गर्ने अभ्यास गरिंदै आएइको छ, अब कोष निर्माणका लागि सदस्यता बितरण गर्ने परम्परालाई संशोधन गर्दै संगठीत सदस्यहरुको अध्याबधी गर्ने गरि निबर्तमान गण्डकी प्रदेश समितिले मेरो संयोजकत्वमा एउटा ढांचा तयार गरेको थियो कति पूरा भएका छ्न होला कति तत्काल बाँकी रहे । यो संस्थाको सदस्यता लिएको कहिले हो? को पुरानो हो? को नयाँ? यसको लेखाजोखा हुने गरि दस्ताबेजीकरण हुन जरुरी छ । साथै सदस्यता सम्बन्धी ब्यबस्थालाई संशोधन गर्नु पर्ने अबको आबश्यकता हो त्यसैले हामीले बिगतमा गरेका लिखत ब्यबस्थालाई कार्यान्वयनमा लगौं कलाकरितामा लागेका ब्यक्तिहरुलाई मात्रै सदस्यता दिने प्रण गरौं । साथै सदस्यताको अध्याबधिक विवरण अनलाइन तथा संस्थाको आधिकारिक वेबसाइटमा उपलब्ध गराउने ब्यबस्था हुन सके संस्थामा सुशानको उदाहरण दिने नजिर हुनेछ।
६. आजिबन सदस्यता बितरणको मापदण्ड, योग्यता तथा अधिवेशन महाधिवेशनमा प्रतिनिधित्वका बारेमा बृहत् छ्लफल गरिनु पर्ने अबको आबश्यकता हो ।
७. प्रदेश समितिमा महासचिव र २ जना सचिबको ब्यबस्था हुने गरि विधानमा समावेश गर्न जरुरी देखिन्छ ।
८.व्यक्तिलाई संरक्षण गर्ने प्रक्रियाबाट माथी उठेर बिधिलाई कामकाजी बनाउनेतर्फ सोच्नु जरुरी हुन्छ त्यसैले केन्द्रिय समितिमा सचिबहरुको संख्या घटाएर महासचिब र सचिब २ जना मात्रै हुँदा कार्यकारी बन्ने देखिन्छ । प्रदेश संयोजन गर्ने समन्वयकारी जिम्मेवारी प्रदेश कोटामा निर्वाचित केन्द्रीय सदस्यलाई प्रदान गरि कार्यकारी भूमिका प्रदान गर्न जरुरी देखिन्छ । यसो गर्दा जिम्मेवारीको दुबिधा घट्दछ ।
९. जिल्ला समितिहरुले संघियताको मर्म अनुरुप अब सम्भव हुने पालिकाहरुमा स्थानिय प्रतिष्ठान गठन गर्न पाउने सुबिधा खुल्ला छोड्ने गरि नीतिको ब्यबस्था गर्नु पर्दछ ।
१०. केन्द्रिय उपाध्यक्षहरु यात प्रदेश अनुरुप जिम्मेवारी दिने गरि ७ जनाको परिकल्पना गरिनु पर्दछ यात बरिष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष हुँदा नै ठीक हुने यो बिसयमा पनि छ्लफल गर्न सके महाधिवेशनलाई सहज हुनेछ ।
११. यो गरिमामय सभाले सकेसम्म प्रतिष्ठान निर्बाचन कार्यविधि नै बनाएर समाबेशी समिति बनाउने तर्फ पनि ध्यान दिन जरुरी छ ।
१२ . केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने सदस्य पदाधिकारीले उम्मेद्बारी दर्ता गर्दा सम्बन्धीत जिल्ला या प्रदेशबाट सिफारिस भएको हुनु पर्ने ब्यबस्था गर्न सके जिल्लाप्रती जवाफदेहिता बढ्ने छ ।
१३. प्राविधक कारण संस्थाको माया मुटुमा बोकेर बाहिर रहनेहरूको अस्तित्वलाई स्वीकार गर्न सक्नुपर्ने कार्यनीतिको लागि बहस र छलफल गरि स्पष्ट नीति बनाउन सक्नुपर्दछ यसो गर्दा संस्थाले कसैलाई पनि गुमाउन पर्दैन । निबर्तमान र पुर्ब पदाधिकारीको बरियाताक्रम को जसरी ब्यबस्था भएको छ त्यसलाई कार्यान्वयन गर्नका लागि यो सभामा बृहत् छलफल हुँदा भबिष्यमा विगतका कमजोरी दोहोरीने सम्भावना घटेर जान्छ ।
१४. पुरस्कार तथा सम्मानमा सहज बनोस भन्ने उदेश्यले हामीले गण्डकी प्रदेशमा हरेक पुरस्कार तथा सम्मानका लागि कार्यबिधी बनाएर कार्यन्वयनको सोच शुरु गरेका थियौं सायद केन्द्र तथा अन्य प्रदेश र जिल्लाहरुमामा यो विधि उपयुक्त हुन सक्ने देखिन्छ जसका कारण पुरस्कार तथा सम्मानको आफैमा सम्मान देखिन्छ । त्यसैले सम्मान तथा पुरस्कार ब्यबस्थापन कार्यबिधीका लागि सभाले अनुमती लिनु सान्दर्भिक देखिन्छ ।
१५. हो दोहोरीगीत प्रतिष्ठानले प्रतियोगिता गर्नुपर्छ यो हाम्रो पहिचान हो, तर परिवार बढ्यो संस्था झांगिदै गयो अब यसलाई सहि मार्गमा हिडाउनका लागि,परिमार्जित संस्थागत आचार संहिता तयार गरि सो को लागि समय समयमा प्रशिक्षण, खोज अनुसन्धान र प्रकाशन जस्ता प्राज्ञिक कार्यहरु गर्न जरुरी छ ।
जेठ ७, २०८० देखि वेबसाइट नै अपडेट भएको जस्तो देखिंदैन । अबका संस्थाहरु प्रबिधिमैत्री हुन जरुरी छ त्यसैले कारोबार डिजिटल बनोस्, कार्यशैली डिजिटल बनोस र एउटा बिश्वविद्यालय सरि गरिमा बोकेको यो संस्थाका हरेक गतिबिधी आफ्नो वेबसाइटमा अपडेट भइरहने गरि ब्यवस्थापन गर्न जरुरी देखिन्छ । बौद्धिक बिद्वान र बुद्दिजीबिको जमघट हुने यो साधारण सभाले अब यो बर्ष गरिने कामहरुको खाका तयार गर्ने नै छ । संस्थालाई जति साझा बनाउन सक्यो त्यति उचाई बढ्ने सोंचका साथ प्रतिस्ठानको उचाइ र गरिमा बढाउन हामी सबैलाई प्रेरणा मिलोस, साधारण सभा भब्य सफलताको शुभकामना ।
(लेखक: राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशको निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन्।)
![](https://kotkhabar.com/wp-content/uploads/2024/08/IMG_0305-1.gif)