पोखरा । पितृ मोक्ष तथा शान्तिको अभिष्टले हेमजामा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दाताहरूको उत्साहजनक सहभागिता निरन्तर बढ्दै गएको छ। यसैक्रममा पोखरा–०५, मालेपाटन निवासी टंकबहादुर भण्डारी तथा मिरासिंह भण्डारी केसीले मानवसेवा आश्रम, हेमजाको अक्षयकोष श्रीवृद्धिका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। बुधबार महायज्ञमा सहभागी जनाउँदै भण्डारी दम्पत्तीद्वारा १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान प्राप्त भएको जनाइएको छ । 

यसैगरी पोखरा–२५, हेमजा निवासी माया कुँवर, मानबहादुर कुँवर, मदन कुँवर, धन कुँवर तथा पदम कुँवरले मानवसेवा आश्रम, हेमजाको धर्मशाला निर्माण सम्पन्नता तथा अक्षयकोष श्रीवृद्धिका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। बुधबार महायज्ञमा उपस्थित हुँदै कुँवर परिवारले हेमजामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा १ लाख ११ लाख १ सय ११ रुपैयाँ दान सहयोग गरेका हुन् ।  मानवसेवा आश्रमले सञ्चालन गरिरहेको महायज्ञमार्फत संकलित सहयोगले आश्रममा आश्रित असहाय, बेसहारा तथा अभिभावकविहीन व्यक्तिहरूको सेवा–सुविधा विस्तारमा टेवा पुग्नेछ । महायज्ञ पोखरा २५ हेमजामा बैशाख २६ सम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0