पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ को कार्यालय भद्रकालीमा २ लाख रुपैयाँ सहितको झोला भेटिएको छ । आइतबार साँझ ५ बजेको समयमा वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा झोला भेटिएको हो ।

बेवारिसे अवस्थामा भेटिएको दावी गरिएको सो झोला सहितको नगद र सामान वडा प्रहरी कार्यालय रामबजारमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । खैरो रङ्गको पछाडि भिर्ने झोला अपरिचित व्यक्तिले छाडी गएकोमा हालसम्म कोही कसैले दाबी गर्न नआएको भन्ने सूचना प्राप्त हुन साथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले सुरक्षित साथ वडा सदस्यको रोहबरमा झोला खोलेर हेरेको थियो ।

यसरी हेर्दा झोलामा नगद  २ लाख रुपैयाँ, हाप् पाइन्ट, टिसर्ट, इन्स्टा ३६० लेखेको क्यामेरा र मोटरसाइकलको चाबी फेला परेको प्रहरीको भनाइ छ । फेला परेका नगद र सामान लिनको लागि सम्बन्धित धनीले प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले हुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0