पोखरा । अखिल नेपाल महिला सङ्घ पोखरा महानगर कमिटीको अध्यक्षमा पार्वती कार्की सर्वसम्मत निर्वाचित भएकी छन् । कमिटीको दोस्रो सम्मेलन मार्फत कार्कीको अध्यक्षतामा ७४ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको हो।
कमिटीको उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ र सविता सुवेदी, सचिवमा सिमा कोइराला, उपसचिवमा सरिता बाँस्तोला, कोषाध्यक्षमा सरू सुनार चयन भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1