पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको सेन्टर प्वाइन्टमा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले नयाँ शाखा बिस्तार गरेको छ । पोखरा महानगरपालिका ६ स्थित अंशुभरा बिल्डिङको दोस्रो तलामा प्याराडाइज स्पा एण्ड ब्युटी सलुनले दोस्रो शाखाको रुपमा गत सातादेखि सञ्चालनमा ल्याएको हो ।

रोशन लिम्बू नेतृत्वको युवा व्यवसायीहरूको संयुक्त लगानीमा अत्याधुनिक सेवादिने उद्देश्यसहित स्पा सञ्चालनमा ल्याएको सञ्चालक लिम्बूले बताए । उनका अनुसार उक्त स्पाबाट मेडिकेयर, पेडिकेयर साथै सौन्दर्य कला लगायत विभिन्न किसिमका (फुट मजाज, बडि मसाज) मसाजहरुको सेवा प्रदान हुँदै आएको छ ।

साथै उक्त स्पामा ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतको सेवाहरूपनि प्रदान गर्ने तयारी भइरहेको लिम्बूले जानकारी दिए । ‘हामीले केही समयमै ज्याकुजी, आइस थेरापी, साउना, स्टिम लगायतका सेवा दिने तयारीमा छौ, उनले भने, ‘त्यसका लागि चाइनाबाट सामान मगाएका छौँ । करिब एक डेढ महिना जति लाग्न सक्छ ।’

दोस्रो शाखाको रुपमा सेन्टर प्वाइन्टमा आएको प्याराडाइजले विगत लामो समयदेखि हल्लनचोकबाट सेवा दिदैँ आएको छ । उनले निकट भविष्यमा थप शाखाहरू बिस्तार गर्ने योजनासमेत रहेको बताए ।

मार्केटिङको क्षेत्रमा फरक पहिचान बनाएका लिम्बुले न्युरोडमा र सृजनाचोकमा ड्रिमल्याण्ड फुडल्याण्ड तथा बगरमा ड्रिमल्याण्ड बारबरसप सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0