पोखरा । पोखरामा आयोजित ‘माध्यमिक तहका विद्यार्थीबीचको स्टार्स चित्रकला प्रतियोगिता २०८१’ को उपाधि विभूति शिक्षा सदन स्कुल कक्षा ९ मा अध्ययनरत रीयाना थापाले जितेकी छन् । कुल ३४ जनाले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट बनेकी थापाले १० हजार रुपैयाँ हात पार्नेेछन् ।

प्रतियोगितामा कुम्दिनी होम्स मावि कक्षा ११ मा अध्ययनरत अविश्ना पालिखे फस्ट रनर्स अप भएकी छन् । पालिखेले ७ हजार रुपैयाँ पाउनेछन् । सेकेन्ड रनर्स अप बनेकी एसओएस हर्मोन माइनर स्कुल कक्षा ९ मा अध्ययनरत जेसिका श्रेष्ठले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । थर्ड रनर्स अप बनेका भास्कर मेमोरियल स्कुल कक्षा ९ मा अध्ययनरत सुवाश्ना गुरुङ र वेसलाइन एकेडेमी स्कुल कक्षा १० मा अध्ययनरत सोफिया रसाइलीले जनही नगद २ हजार ५ सय रूपैयाँ पाउनेछन् ।

स्टार्स स्टुडियो प्रालिको आठौँ वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजनामा भएको थियो। वाटर कलर, क्रेन, पेन्सिल, पेस्टल, एक्रेलिक लगायत जुनसुकै माध्यमबाट चित्र बनाउन पाइने भएपनि ‘हाम्रो संस्कृति’ शीर्षक को भाव अनुसार तयार पार्नुपर्ने नियम राखिएको थियो । जसमा मौलिक चित्रले प्राथमिकता दिइएको बताइएको छ । यो प्रतियोगिता पोखरा १ पुरानो टुँडिखेलमा रहेको अञ्जुली बोडिङ स्कुलमा भएको हो ।

वार्षिकोत्सवको अवसर पारेर असोज ७ गते ३५ वर्ष माथिको उमेर समुहको सामूहिक नृत्य प्रतियोगिता आयोजना समेत हुदैछ । सो प्रतियोगिताको तयारीमा तिव्रता दिइएको आयोजक संस्थाकी अध्यक्ष जसमाया गुरुङ जसुले कोटखवरलाई बताइन् । चित्रकला प्रतियोगिताका विजेतालाई पुरस्कार असोज ७ गते नै हस्तान्तरण गरिने गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0