पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। निगमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरि दिएको जानकारी अनुसार सोमबारबाट लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ घटाई १ सय ५९ बनाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएर १ सय ४९ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसनबाट भाद्र ३० गते प्राप्त खरिद मूल्य अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1