पोखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दुई दिनमै उत्साहजनक व्यापार गरेको छ। शुक्रबार र शनिबार गरी चलचित्रले नेपालभर ४५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्देशक गुरुङले बताए ।

चलचित्रले पोखराबाट मात्रै करिब १५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पोखरामा पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाएको चलचित्रले शनिबार पनि अधिकांश शोमा उत्साहजनक अकुपेन्सी कायम राखेको थियो।

पोखराको क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै शुक्रबार र शनिवार १५ लाख २७ हजार रुपैयाँ ग्रस कलेक्सन भएको हो । यी दुई हलमा ४ हजार ७ दर्शकले चलचित्र हेरेका छन । आइतबार समेत दुवै हलमा पाँच–पाँच शो राखिएकोमा सबै शो हाउसफुल भएको रिपोर्ट छ।

पोखरासँगै काठमाडौं लगायत देशका विभिन्न शहरमा पनि चलचित्रले राम्रो दर्शक पाइरहेको निर्माण पक्षले जनाएको छ। पहिलो दुई दिनको व्यापार र दर्शक प्रतिक्रियाले ‘पेन्सन पट्टा’ले बक्सअफीसमा बलियो सुरुवात गरेको संकेत गरेको छ।

चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङ लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखन तथा निर्देशन माओत्से गुरुङले गरेका हुन्।

विशेषगरी लाहुरे जीवन, पेन्सनपछिको अवस्था, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई कथाको आधार बनाइएको चलचित्रले पहिलो सप्ताहन्तमै दर्शकको उल्लेख्य साथ पाएको हो।

नेपालभर ४५ लाखभन्दा बढी र पोखराबाट मात्रै १५ लाखको दुई दिने कलेक्सनसँगै ‘पेन्सन पट्टा’को आगामी व्यापारप्रति निर्माण पक्ष उत्साहित देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0