पोखरा । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) को अध्यक्षमा राजबहादुर गुरुङ (राजेश) निर्वाचित भएकाछन् । जिफानको पोखरामा भएको १६ औं वार्षिक साधारण सभा तथा आठौँ राष्ट्रिय अधिवेशनबाट राजेश सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अन्य पदमा समेत सर्वसम्मत भयो ।
प्रथम उपाध्यक्षमा अर्जुन गुरुङ, द्वितीय उपाध्यक्षमा कुबिना गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ (लबशन), सचिवमा टेकमान गुरुङ, कोषाध्यक्षमा इन्द्रमाया गुरुङ, महिला बिभाग प्रमुखमा सपना गुरुङ,प्राविधिक बिभाग प्रमुखमा राजकुमार गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुखमा तारा गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुख: खेम गुरुङ र प्रचार प्रसार विभाग प्रमुखमा रक्षा गुरुङले जिम्मेवारी पाए ।
सदस्यहरूमा भुपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, आशिष् गुरुङ, बिराज गुरुङ, धर्मराज घले, नवीन गुरुङ, पिटर गुरुङ, तारजङ्ग गुरुङ टार्जन, केशबहादुर गुरुङ, गंगाबहादुर गुरुङ र अन्जु गुरुङ छानिए ।
निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ । जिफानको स्थापना २०६५ सालमा भएको हो ।