पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आयोजनामा त्रिलोकेश्वर शिव मन्दिर परिसर पोखरा २८ कालिकामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
धार्मिक पर्यटकीय गन्तव्य त्रिलोकेश्वर शिव मन्दिर परिसर भित्र विभिन्न जातका फलफूल अन्य जातका बिरुवा रोपिएको हो । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिको समन्वयमा मन्दिर परिसरमा बर, पिपल, सुमि, आँप, बेलपत्र, निम, अशोक, डुम्री, गुराँस, अमला, नारेश्वर, विभिन्न फलफूल तथा फुलहरूका विरूवाहरू रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दे पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले बुद्ध विशाल बजार व्यापारिक एशोसियसन सामाजिक कार्यमा निकै सक्रिय रहेको र एशोसियसनको समाज प्रति ठुलो योगदान रहेको बताए । लामिछानेले मन्दिर परिसरमा वृक्षारोपण गर्नाले मन्दिरको सौन्दर्यतालाई झनै थप उजागर गर्ने बताउँदै एशोसियसनसँग पोखरा २८ ले सहकार्य गरेर आगामी दिनहरूमा विभिन्न कार्यक्रम गर्न सकिने बताए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले एशोसियसनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा पनि विविध कार्यक्रम गर्दै आएको बताउँदै मन्दिरमा रोपिएका बिरुवाहरूको संरक्षणको लागी एशोसियसनको तर्फबाट सक्दो सहयोग रहने बताए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवरले एशोसियसनको वार्षिक कार्यक्रम अन्तरगत संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दे पर्यावरण अन्तरगत यस वृक्षारोपण कार्यक्रम गरिएको बताउँदै पोखरा २८ वासीलाई बुद्ध विशाल बजारमा आएर किनमेल गर्न समेत आग्रह गरे । कार्यक्रममा त्रिलोकेश्वर शिव मन्दिर सेवा समितिका सल्लाहकार राधिका पौडेल गाउँ सुधार समुहका कोषाध्यक्ष तथा बुद्धिजीवी माधव प्रसाद पौडेल लगायतले बोलेका थिए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने एशोसियसनका महासचिव थमन सिह गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा एशोसिएसनद्वारा मन्दिर समितिलाई दुई थान डसविन हस्तान्तरण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा सम्पूर्ण गाउँवासीहरूको उपस्थिति रहेको थियो भने आवश्यक बिरुवाहरू बन कार्यालय कास्कीबाट उपलब्ध गराइएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0