पोखरा । नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीले १९ औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्रको उपलब्धि र चुनौतीका बीच पार्टीको सांगठनिक जागरणको आवश्यकता विषयक विशेष अभिमुखीकरण कार्यक्रम गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले नेपालमा गणतन्त्र स्थापना र यसको संस्थागत विकासमा एमालेले निर्णायक र वैचारिक नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरे। संघीय सरकारको पछिल्लो कार्यशैलीप्रति कडा आलोचना गर्दै उनले वर्तमान सरकारका गतिविधिका कारण संघीयता र लोकतन्त्रनै संकटमा परेको बताए ।

अहिलेको व्यवस्थामाथि चौतफी आक्रमण भइरहेको भन्दै नेता अधिकारीले संविधानका अपरिवर्तनीय आधारभूत खम्बाहरू संघीयता, लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी प्रणाली र सामाजिक न्यायको रक्षाका लागि एमाले चट्टानी अडानका साथ उभिने प्रष्ट पारे । उनले पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको वहुदलीय जनवाद जबज लाई आत्मसात गर्दै युवा पुस्तालाई नेतृत्वमा अगाडि बढाउने उद्‌घोषसमेत गरे। लोकतन्त्र रक्षाका लागि समान धारणा राख्ने दलहरूसँग मिलेर सदन र सडकबाट संयुक्त आन्दोलन गर्ने उनको भनाइ थियो ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र अनुशासनचारे चर्चा गर्दै अधिकारीले चुनाव जितेका वेला जस खोसाखोस गर्ने र हारेका वेला एकअकोलाई दोषारोपण गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । उनले अब वडा स्तरबाटै निर्वाचनको निर्मम समीक्षा गर्दै पार्टीलाई नयाँ उचाइमा पुन्याउने योजनामा रहेको बताए । पार्टीको सचिवालय बैठकमा देशका विभिन्न विषयमा गम्भिर छलफल भएको भन्दै उनले सचेत बन्दै पार्टीमा क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे । कार्यनीतिमा केही कमजोरी देखिएपनि सिद्धान्त र रणनितिमा कमजोरी नभएको उनको भनाइ छ ।

कार्यक्रमका अर्का वक्ता एमाले सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले सरकारका गलत क्रियाकलापविरुद्ध मिल्न सक्ने राजनीतिक शक्तिहरुलाई गोलबन्द गरी संघर्षमा जाने योजना सुनाए । उनले अहिलेको परिस्थितिमा कम्युनिष्ट एकताभन्दा पनि मुद्दाका आधारमा कार्यगत एकता आवश्यक रहेको औल्याए । संविधान संशोधनको सवालमा सरकारले बनाएको कार्यदलमा एमाले सहभागी नहुने स्पष्ट पार्दै ढकालले संविधान संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुको साझा एजेन्डा बन्नुपर्ने उल्लेख गरे । यसमा कुनै एक पक्षको मात्रै स्वार्थ नचल्ने उनले प्रष्ट पारे । उनले गत चुनावको हारको जिम्मेवारी कुनै एक नेताको नभई सामूहिक भएको बताउँदै एक महिनाभित्र पार्टीलाई वडा तहदेखि नै पुनर्सरचना र सुदृ‌ढीकरण गरिने जानकारी दिए।

युवाहरूको आकर्मण एमालेप्रति भए पनि उनीहरूलाई पार्टीको सांगठनिक ढाँचामा पूर्ण रूपमा समेट्न नसकिए‌को ढकालले स्वीकार गरे । उनले पार्टीभित्र हुर्किदै गरेको भोट नहाल्ने तर एमाले नछोड्ने प्रवृत्तिलाई घातक भन्दै त्यस्ता व्यक्तिहरूले नैतिक रुपमा पार्टीमा बस्न नमिल्ने तर्क गरे। संगठन विस्तारका लागि जेठ २० र २१ गते सदस्यता विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालाआयोजना गरिने समेत उनले जानकारी दिए।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं संगठन विभाग सदस्य माधव ढुंगेलले पाटी सदस्यता नवीकरण तथा विस्तारः आजको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले युवा पुस्ताको एजेण्डालाई पार्टीले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले कास्कीका अध्यक्ष वैनवहादुर क्षेत्री अधिकारी, उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा र युवा नेता माधव बास्तोला लगायतले पार्टीको आगामी कार्यदिशाबारे धारणा राखेका थिए । सोही कार्यक्रममा कलाकार राजा राजेन्द्रले समसामयिक राजनीतिक अवस्थामाथि व्यङ्गात्मक शैलीमा आफ्नो प्रस्तुती राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0