पोखरा । ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’  अन्तरगत पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी ग्रिनले जितेको छ । सोमबार पोखरा २९ भण्ढारढिकमा रहेको प्रस्तावित रङ्गशालामा भएको फाइनल खेलमा मिक्की एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै रामघाटले उपाधि हात पारेको हो । उपाधि विजेता रामघाटले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने सफल भयो । उपविजेता बनेको मिक्कीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्रमा चित्र बुझायो ।

सेमिफाइनल खेलमा स्याङ्जा युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मिक्की एफसी फाइनलमा पुगेको थियो भने रामघाट एफसी ग्रिन आयोजक सूर्यतारा क्ल्बलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा कुल १८ टिमले सहभागिता जनाएको क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

प्रचार प्रसार संयोजक ईश्वर अधिकारीका अनुसार फुटबल तर्फ अनुशासित टिममा स्याङ्जा युथ क्लब, सर्वाधिक गोलकर्ता विपिन फुटबल क्लब बीका राहुल गुरुङ र उत्कृष्ट खेलाडी मिक्की एफसीका अमित गुरुङ भए ।

यसैगरी महोत्सव अन्तरगत राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगितामा हिमाला आमा समुह अर्घौ प्रथम हुन सफल भएको छ । गण्डकी प्रदेश डोरी तान सङ्घ दोस्रो हुँदा लालीगुँरास एजु समुह तेस्रो भयो । महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ नगद सहित मेडल प्रमाणपत्र पुरस्कार हात पारे ।

जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ रूपा नेवा:खल प्रथम हुन सफल भएको प्रचार प्रसार संयोजक अधिकारीले जानकारी दिए । पुन मगर समाज ढुङ्गेपाटन दोस्रो र सूर्यमुखी तमु समाज तृतीय भए । उनीहरूलाई क्रमश: ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको अधिकारीले बताए ।

कल्बका अध्यक्ष विष्णु पुनले यो प्रतियोगितालाई निरन्तर आयोजना गर्ने बताएका छन् ।  आगामी वर्ष केही खेलका विधा थपेर अझै भव्य रुपमा कार्यक्रम गरिने भन्दै यसपालीको प्रतियोगितालाई  सफल बनाउन सघाउने सबैप्रति आभार व्यक्त गरे । सबैको साथ सपोर्टका कारण क्लबले कार्यक्रम आयोजना गर्न सफल भएको भन्दै आगामी दिनमा समेत साथ पाउने उनको विश्वास थियो ।

‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको थियो।  प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको थियो।  

सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका थिए। हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका थिए ।

‘समृद्ध समाज, हाम्रो परिकल्पना’ भन्ने उद्देश्यका साथ २०७५ सालमा स्थापना भएको क्लबले खेल महोत्सवका अलावा विभिन्न सामाजिक कार्य मार्फत आफ्नो सक्रियता बढाइरहेको छ । खेल महोत्सव चैत्र २७ गतेबाट सुरु भएको थियो । विजेतालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्ण खड्का विखर्ची, क्लब अध्यक्ष विष्णु पुन लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0