पोखरा । रूपा वाङ्मय प्रतिष्ठान, रूपा गाउँपालिका–कास्कीले आफ्नो वार्षिक साधारण सभा तथा प्रथम स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ । रूपा गाउँपालिका वडा नं, देउरालीमा चैत ७ गते शनिवार आयोजित कार्यक्रममा बोल्दै  रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यस्ता संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाको साथ निरन्तर रहने विश्वास दिलाए ।

कार्यक्रममा सामाजिक व्यक्तित्व नमराज बरालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। त्यसैगरी, संस्थाका अध्यक्ष आदर्श पोखरेलले प्रतिष्ठान स्थापना भएयता छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न सफल भएको बताए । उनले आगामी दिनमा भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई समेत यसतर्फ आकर्षित गर्ने लक्ष्य लिएको उल्लेख गरे ।

संस्थाका अध्यक्ष  पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  सहसचिव सुजन गौतम स्वागत र संस्थाका सचिव मदन घिमिरेले कार्यक्रम सञ्चालन गरे। संस्थाका सचिव घिमिरेले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत समेत गरेका थिए । कार्यक्रम विश्व शान्ति माविको सभाहलमा सम्पन्न भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0