पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल को चौथो डिस्ट्रिक्ट कन्भेन्सनको तयारी शुरु भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्णको आयोजनामा पोखरास्थित पोखरा इभेन्ट सेन्टरमा यही चैत्र २१ गते शनिबार आयोजना हुने कार्यक्रम संयोजक तथा कन्भेनर सूर्य बराल जानकारी दिए।
अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न ४१ वटा उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशका विभिन्न लायन्स तथा लियो क्लबका प्रतिनिधि र सदस्यहरूको व्यापक सहभागितासहित कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।
अधिवेशनको तयारीका क्रममा हालै सबै समितिका संयोजकहरूको बैठक आयोजना गरिएको थियो। उक्त बैठकमा पूर्व डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले विभिन्न समितिका संयोजकहरूलाई आफ्नो जिम्मेवारी, समन्वय र व्यवस्थापनका विषयमा विस्तृत जानकारी तथा निर्देशन दिएका थिए ।
उक्त अधिवेशनका लागि गठन गरिएका उपसमितिका संयोजकहरूमा रुद्र बहादुर घले (वित्तीय व्यवस्थापन), पुजन राजभण्डारी शाक्य (पुरस्कार व्यवस्थापन), अर्चना प्रधान (सचिवालय व्यवस्थापन), विमला श्रेष्ठ (स्मारिका प्रकाशन), शारदा पराजुली (दर्ता व्यवस्थापन), सञ्जय मल्ल (मिडिया ), इन्दिरा बराल (होटल व्यवस्थापन) र महेश श्रेष्ठ (खाना व्यवस्थापन) रहेका छन् ।
त्यसैगरी निर्मला श्रेष्ठ (मन्च तथा सम्मान ), सबी शेरचन (स्वागत तथा आतिथ्य व्यवस्थापन), बालकृष्ण बराल (बगैँचा तथा फूलद्वार व्यवस्थापन), बालकृष्ण शर्मा (क्लब व्यवस्थापन), सिता केसी (सभा कक्ष व्यवस्थापन), चिनु गुरुङ (समूह व्यवस्थापन), अर्चना कर्माचार्य (लायन्स अन्तर्राष्ट्रिय समन्वय) र राजु श्रेष्ठ (झाँकी तथा परेड व्यवस्थापन) संयोजक रहेका छन् ।
दिपेन्द्र कोइराला (सवारी साधन सजावट), शिव श्रेष्ठ (यातायात व्यवस्थापन), फणीन्द्र प्रसाद लामिछाने (सवारी पार्किङ व्यवस्थापन), कृष्ण बहादुर अधिकारी (पूर्व गभर्नर व्यवस्थापन), दुर्गा प्रसाद पौडेल (भिडियो तथा फोटोग्राफी व्यवस्थापन), सुदीप ओझा (प्रचार–प्रसार व्यवस्थापन), सोनाम साङ्पो (मुख्य अतिथि व्यवस्थापन) र तुम्ला श्रेष्ठ (मूल्याङ्कन व्यवस्थापन) संयोजक रहेका छन् ।
मोहन बाबु खड्का (संस्कृति तथा मनोरञ्जन व्यवस्थापन), शोभा गौतम (सामाजिक कार्यक्रम व्यवस्थापन), राजेन्द्र बहादुर कार्की (प्रदर्शनी स्टल व्यवस्थापन), उषा गौतम (स्वास्थ्य व्यवस्थापन), कोकी मल्ल (कार्यक्रम उद्घाटन व्यवस्थापन), मिता कायस्थ (बस्ने स्थान व्यवस्थापन), बलराम बादल (पिउने पानी व्यवस्थापन) र कल्पना थापा (दर्ता व्यवस्थापन) संयोजक रहेका छन् ।
विष्णु तिमिल्सिना (विद्युत व्यवस्थापन), घनश्याम ढुंगाना (संगीत व्यवस्थापन), परमेश्वर बस्ताकोटी (सरसफाइ तथा स्वच्छता व्यवस्थापन), कृष्ण परियार (लियो दर्ता), सहनशील पौडेल (लियो सभा कक्ष व्यवस्थापन), आशिष थापा (लियो स्वागत तथा आतिथ्य), धन बहादुर थापा (लियो खाना व्यवस्थापन), केनुका थापा (लायन–लियो निर्वाचन व्यवस्थापन) तथा दुर्गा जोजिजु (लियो व्यवस्थापन) संयोजक रहेका छन् ।
कार्यक्रमका कन्भेनर सूर्य बरालले अधिवेशनको तयारी शुरु भएको जानकारी दिँदै गण्डकी प्रदेशका लायन्स तथा लियो सदस्यहरूको उल्लेखनीय सहभागितासहित कार्यक्रमलाई भव्य र सफल बनाउने तयारी भइरहेको बताए।
पूर्व डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले संयोजकहरूको बैठकमा सबै समितिले आपसी समन्वय, जिम्मेवारी र सक्रियताका साथ काम गरे अधिवेशन सफल हुने विश्वास व्यक्त गरे । उनले लायन्सको सेवा, नेतृत्व र सहकार्यको भावनालाई अझ सुदृढ बनाउन यस्ता अधिवेशन महत्वपूर्ण हुने बताए ।
उक्त अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न लायन्स तथा लियो क्लबका प्रतिनिधि, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
















