पोखरा । रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा आउँदो चैत २१  गते वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । रेडियोले वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्तरगत यसवर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं वृहत खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले जानकारी दिए।

रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरू समेत गठन गरिएको छ । बुधबार बसेको बैठकले सिता क्षेत्रीलाई संयोजक र शोभा नेपाललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै आरजु बिष्ट “सल्यानी”,राजाराम पौडेल, विष्णु बास्तोला र सविन रेग्मीलाई  प्रचारप्रसार तथा निमन्त्रणा संयोजकको जिम्मेवारी दिइएको छ ।आर्थिक व्यवस्थापनमा नारायण पौडेल, शैलेश श्रेष्ठ, अगन्धर सुवेदी र अर्चना अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै कार्यक्रम व्यवस्थापकमा सञ्जय मल्ल र कञ्चन थापा रहेका छन् ,भने डिजिटल प्रचारको लागि आर्यन थापा  र कृष्ण सुवेदीलाई तोकिएको छ ।  स्वयंसेवक परिचालनमा रोशनी गुरुङ, विष्णु गुरुङ र सविता कार्कीलाई जिम्मेवारी दिइएको  छ । बैठकले प्राविधिक जिम्मेवारीमा अरविन बिक्रम राणा र आर्यन थापालाई जिम्मेवारी दिइएको स्टेसन म्यानेजर मल्लले बताए। रेडियोले गएको वर्षको रक्तदानमा १ सय ३० युनिट रगत सङ्कलन गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0