पोखरा । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आइसकेको हो

नतिजा अनुसार १ सय २५ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा विजयी भएको छ । नेपाली काङ्ग्रेस १८ निर्वाचन क्षेत्रमा विजयी हुँदै दोस्रो र नेकपा एमाले ९ निर्वाचन क्षेत्रमा विजयी हुँदै तेस्रो भएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपा ७ निर्वाचन क्षेत्रमा विजेता बनेको छ भने धनुषा १ को निर्वाचनको नतिजाबारे अदालतमा मुद्दा परेको छ ।

श्रम संस्कृति पार्टीले तीन निर्वाचन क्षेत्रमा र  राष्ट्रिय प्रजातन्त्र पार्टीले  १ स्थानमा विजयी भएको छ । प्रत्यक्षतर्फ विजेता बनेका सबै दल राष्ट्रिय दल बन्ने देखिएको छ । नतिजा अनुसार स्वतन्त्र १ जनाको विजय भएको छ। 

फागुन २१ गते भएको निर्वाचनमा प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0