पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो ।

महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो ।

विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले १ लाख ११ हजार १ सय ११ र तृतीय भएको मादी गाउँपालिकाले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महोत्सवको अवसरमा आयोजित प्रथम राष्ट्रव्यापी घोडा दौड प्रतियोगितामा निर्धारित दुरी ११ मिनेट २३ सेकेण्डमा पुरा गर्दै विवेक पुन प्रथम भए ।

अमित गुरुङले ११ मिनेट ४७ सेकेण्डमा दुरी पुरा गर्दै द्धितीय, अमृत तामाङले ११ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै तृतीय,विनोद पुन थापाले १२ मिनेट १ सेकेण्डमा दुरी पार गर्दै चौथो, हितमान गुरुङले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै पाँचौं, कृष्णले १२ मिनेट ३१ सेकेण्डमा दुरी पार गर्दै छैठौंटाईगर थकालीले १२ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै सातौं भए ।

घोडा दौड प्रतियोगितामा प्रथमले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । घोडा दौड प्रतियोगितामा पोखरा, घान्द्रुक, उरी, घोरेपानी लगायतका ४५ जनाले घोडासहित सहभागिता जनाएका थिए ।  

२० जनाको सहभागिता रहेको घान्द्रुक चक्रिय पदमार्ग दौड प्रतियोगितामा पुस्कल पौडेलले ३२ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै प्रथम हुँदै १६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे । कृष्ण परियारले ३४ मिनेट १४ सेकेण्डमा दुरी पार गर्दै उपविजेता हुँदै ७ हजार ४ सय ४४ र सन्तोष परियारले ३५ मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुँदै ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।‍

महिला रस्सकस्सी प्रतियोगितामा मुसुबा आमा समूह तल्लो गाउँ प्रथम हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको उरी आमा समूह घान्द्रुकले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो । यस्तै पुरुष रस्साकस्सीतर्फ माझगाउँ विजेता हुँदै ११ हजार १ सय ११ र उपविजेता भएको हुदले ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्‍यो
यस्तै छेलो प्रतियोगितामा स्याङ्जाका दुजिक थापा मगर विजेता बन्दै १६ हजार ६ सय ६६ र पर्वतका युवराज गुरुङ उपविजेता बन्दै ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे ।

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुँदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0