पोखरा । पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका दिपक पोखरेलले जितेका छन् । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेट तर्फ पोखरेलले ३९ अंक प्राप्त गर्दै उपाधि सहित नगद १५ हजार प्राप्त गरे ।
त्यसै गरी काठमाडौंकै (एक्स सिंगापुरे) विश्व मोहन गुरुङले ३६ अंक प्राप्त गर्दै दोश्रो भए भने पोखराका (जर्मन बेकरीका संचालक) बलराम थापा भने ३५ अंक सहित तेश्रो भए । दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार साथमा ट्रफी प्राप्त गरे । यस विधामा ९६ जना खेलाडीहरुले प्रतिष्प्रर्धा गरेको कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले बताए ।
महिला तर्फ (नेट) पोखरा÷काठमाडौं की गिता गुरुङ प्रथम भइन् । उनले २७ अंकका साथ प्रथम स्थान हासिल गर्दै १० हजार प्राप्त गरिन् । त्यसै गरी खेलमा २७ अंक ल्याएर काठमाडौं की आभानी राई काउण्ट व्याकमा दोश्रो भइन् । राईले दोश्रो हुदै ५ हजार समेत हात पारिन्।
सिनियर तर्फको विधा (६५ बर्ष माथि उमेर समुह) मा पोखराका मेजर विजय मुक्तान प्रथम भए। मुक्तानले २९ अंकका साथ उक्त विधामा प्रथम हुँदै नगद ५ हजार प्राप्त गरे ।
नवल्टी तर्फको विधामा लङगेष्ट ड्राइभमा काठमाण्डौंका प्रकृत तामाङ घोषित भए। ३ सय १५ यार्डको दुरी हान्न सफल भई उहाँले नगद ५ हजार प्राप्त गरे ।
त्यसै गरी क्लोजेष्ट टु दि पिन तर्फ पोखराका भत्तराज गुरुङ घोषित भए । कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष तथा भूतपूर्व सिंगापुर प्रहरीका (एएसपी) गुरुङले ५ हजार प्राप्त गरे।
लमजुङ घर भई वेलायत बस्दै आएका गिताजंग गुरुङले प्रतियोगितामा सर्वाधिक बर्डी (हाइएस्ट बर्डी) हिर्काउने गल्फरको उपाधि हात पार्न सफल भए गोर्खा गल्फ सोसाइटीका अध्यक्ष समेत रहेका गुरुङले उक्त उपाधि सहित ५ हजार प्राप्त गरे।
शुक्रबार देखि संचालन भएको उक्त प्रतियोगिता अन्र्तगत टिम तर्फ साविक विजेता प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले उपाधि रक्षा गरे । अण्डर थर्टिन हान्दै पोखराको यस जोडीले उपाधिको साथमा नगद ५० हजार सहित ट्रफी प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा काठमाण्डौंका अभानी राई र शवनिल भट्टराईको जोडी दोश्रो हुन सफल भए । एघार अण्डर हान्दै उक्त जोडीले ३० हजार प्राप्त गरे । आठ अण्डर हान्दै पोखराकै ए.एस.पी. भत्तराज गुरुङ र इनिस्पेक्टर सोम गुरुङको जोडी तेश्रो भए । उनको जोडीले २० हजार प्राप्त गरे । त्यस्तै काठमाण्डौंका दिपक पोखरेल र श्रीराम थापाको जोडीले ७ अण्डर हानेर शान्त्वना भए । उनको जोडीले १० हजार प्राप्त गरे ।
त्यस्तै काठमाण्डौंका कवि थापाले ३१ अंकका साथ ग्रसतर्फको उपाधि हात पार्न सफल भए । प्रतियोगितामा वेलायतका गिताजंग गुरुङले ३० अंकका साथ दोश्रो भए। पहिलो र दोस्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो ।
विश्वकै उत्कृष्ट गल्फ कोर्समध्ये एक मानिने पोखरा–१४ मझेरीपाटनस्थित (पार–६९) को हिमालयन गल्फ कोर्समा संचालन भएको प्रतियोगितामा १ सय ६ जना सहभागि जनाएका थिए । विजयी खेलाडीहरुलाई हिमालयन गल्फ कोर्सका निर्देशक युवा व्यवसायी किरण केसी, रोयल नेपाल गल्फ क्लब (काठमाडौं) का अध्यक्ष मधुकर याक्थुम्बा, हिसान कास्कीका सचिव किरण सापकोटा, नेपाल आर्चरी संघका सचिव योगेन्द्र शेरचन लगायतले पुरस्कार वितरण गरे
प्रतियोगिता सफल बनाउन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ तथा हिमालयन गल्फ क्लब पोखराको सहकार्य र सहयोग रहेको कास्की जिल्ला गल्फ संघले जनाएको छ ।










