पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको पदस्थापना कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान संरक्षक प्राज्ञ दुर्गा रायमाझीको प्रमुख आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो । सपथ ग्रहण कार्यक्रममा बोल्दै रायमाझीले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।  कुशलताका साथ संस्थालाई अगाडि बढाउन नवनिर्वाचित अध्यक्ष सक्षम हुने उनको विश्वास थियो ।उनले प्रतिष्ठानका विगतका दिनको स्मरण गर्दे अहिले भने धेरै विषयमा सहजता भएको उल्लेख गरे ।

प्रतिष्ठान गण्डकीको तेस्रो अधिवेशनबाट  अध्यक्षमा माया गुरुङ निर्वाचित भएकी थिइन् ।  वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, प्रथम उपाध्यक्षमा आरसी पौडेल,  द्वितीय उपाध्यक्षमा होम गुरुङ, महिला उपाध्यक्षमा मञ्जु बिक, सचिवमा कृष्ण सुवेदी, महिला सचिवमा सुनिता नेपाली, कोषाध्यक्षमा टौ सुबा गुरुङ  सविना, सह सचिवमा टेक बहादुर क्षेत्री र सह कोषाध्यक्षमा सपना परियार निर्वाचित भएका थिए ।

यसैगरी कार्यसमिति सदस्यमा प्रीति गुरुङ लमजुङ, सरला अधिकारी तनहुँ, कमला गैह्रे स्याङ्जा, किसान नेपाली कास्की, भानुभक्त पौडेल कास्की, दीपक गदाल पर्वत, नेत्र खड्का स्याङ्जा, सुनिमा गुरुङ गोरखा, सूर्य गुरुङ स्याङ्जा, राम प्रसाद ढकाल कास्की, पुजा परियार सेर्पा लमजुङ, पुजा गुरुङ सविता लमजुङ, पुजा कार्की पर्वत, राज बहादुर गुरुङ  लमजुङ, विक्रम गुरुङ  स्याङ्जा , मदन अर्याल नवलपुर, दिनेश थापा गोरखा र विष्णु कुमार वाग्ले नवलपुर सर्वसम्मत निर्वाचित भएका थिए ।

यसैगरी सहसचिवमा प्रकाश बराल र सदस्यहरू सीता परियार, अनिता पन्त, प्रेम बस्याल र शिव शर्मा मनोनित भएका थिए । मनोनितहरुकाे सपथ ग्रहण प्रमाणपत्र वितरण कार्यक्रम समेत शनिबारनै गरियो ।  नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीका निवर्तमान अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव शिव हमाल, प्रशासनिक सचिव जीवन दाहाल, सचिव घनश्याम रिजाल, पूर्व उपमहासचिव चोलेन्द्र पौडेल, गण्डकीको नवनिर्वाचित अध्यक्ष माया गुरुङ, संरक्षक याम गुरुङ, कास्की अध्यक्ष परशुराम अधिकारी लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव शङ्कर विरही गुरुङले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0