पोखरा । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गण्डकी प्रदेश तदर्थ समिति गठन गरिएको छ । सोमबार दीपक अधिकारीको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा अनुज अधिकारी, उपाध्यक्षमा सीता बराल, सचिवमा सुरेश सुनार, कोषाध्यक्षमा सुरज आचार्य, सहसचिवमा सुरज अधिकारी र सहकोषाध्यक्षमा रिमा शाही ठकुरी छन् ।
समितिको प्रचारप्रसार विभाग प्रमुखका रुपमा दीप काफ्ले मनोनित भएका छन् भने महिला विभाग प्रमुख रेखा पौडेल र प्रवक्ता गीता तिवारी मनोनित भएकी छन् । तदर्थ समिति सदस्यहरू बालकाशी गुरुङ, प्रीति गिरी, सुशील श्रेष्ठ, सविन रेग्मी, आदित्य रसाइली, श्याम प्रसाद काफ्ले र सुवास अम्गाई रहेका छन् ।
समिति गठनसँगै सोमबार नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । माया गुरुङको अध्यक्षतामा रहेको नवनिर्वाचित समितिलाई सम्मान गरिएको हो । सो अवसरमा बोल्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रिय सदस्य तथा गण्डकी इन्चार्ज कविराज ढकालले संस्थाको स्थापना २०६५ मा स्थापना भएको भन्दै उनले जिल्ला हुँदै प्रदेश समिति गठन गर्नुपर्ने सुझाव आएपनि केन्द्रिय समितिको विधानअनुसार जिल्लाभन्दा अगाडि प्रदेशमा समिति गठन गरिएको बताए ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले लोक सञ्चारकर्मीहरूको साथ र सहयोगमा लोक तथा दोहोरी गीतमा देखिएका विकृतिहरू हटाउन सफल भएको बताए ।
कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको गण्डकीका सहइन्चार्ज सञ्जय पोखरेल, नेपाल पत्रकार महासङ्घ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल लगायतले बोलेका थिए । दीपक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गौरव त्रिपाठीले गरेका थिए भने सञ्चालन सुरेश सुनारले गरेका थिए ।
















