पोखरा । गायक रोहनजङ्ग कार्कीको आवाजमा रहेको ‘कान्छी २’ गीत सार्वजनिक भएको छ । विराज गौतमको रचना, कम्पोज र एरेन्जमा तयार भएको गीत सिजन बज्राचार्यले रेकर्ड गरेका हुन् । गीतको भिडियो आकर्षक बनेकाे छ । भिडियोमा जीवन वाग्ले र स्नेहा पाङ्गिलामा गुरुङकाे अभिनय हेर्न पाइन्छ ।
विजय लोहारको परिकल्पना र निर्देशन रहेको भिडियोको सिनेमेटोग्राफर नवीन थापा हुन्। छायाँङ्कनका क्रममा स्पोर्ट मेनेजरमा राहुल बज्राचार्य, ड्रोनमा अभि, मेकअपमा विनिता गुरुङ र लाइटमा हरि पौडेलले साथ दिएका छन् । नवीन वर्कस को प्रस्तुतीमा भिडियो तयार भएको हो ।
गायक कार्कीले २०७७ सालको घटस्थापनाको दिनमा ‘कान्छी’ गीत सार्वजनिक गरेका थिए । रोमान्टिक शैलीको ‘कान्छी’ गीतलाई दर्शक श्रोताले रुचाए पछि उनले ‘कान्छी २’ सार्वजनिक गर्न लागेका हुन् । गीत रोहनजंग कार्की अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको छायाङ्कन पोखरा २२ को कालाबाङ घरेडी, पुम्दीकोट लगायतका ठाउँमा भएको बताइएको छ ।
पोखरा १३ काहुँखोलामा जन्मेका कार्कीलाई सानैदेखि गीत संगीततर्फ रुचि थियो । पोखराको ग्लोबल कलिजियट स्कुलमा कक्षा ६ मा अध्ययनरत हुँदाको समयबाट उनले गीत गाउन थालेका हुन् । उनलाई लोकपप गीत गाउन मनपर्छ । लोकपप विधा मार्फत नै गायन क्षेत्रमा स्थापित बन्ने उनको धोको छ ।
उनले भविष्यमा साङ्गीतिक क्षेत्रमा केही गर्ने लक्ष्य बनाएका छन् । ‘कहिले आउ’ बोलको गीत रेकर्ड गराई उहाँले २०७३ सालमा नै साङ्गीतिक क्षेत्रमा औपचारिक यात्रा प्रारम्भ उनले गरेका थिए । केही समय उहाँले ‘द न्यू बिगिनिङ’ व्याण्ड मार्फत समेत आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाए । अहिले उनी सोलो गायकको रुपमा नै अगाडि बढ्न खोजेका छन्।
गायक कार्की २०७० मा आयोजित गोल्डेन आइडल प्रतियोगितामा विजेता बनेका थिए । उनले आफ्नो सक्रियता बढाउदै लगेका छन् । निरन्तर साङ्गीतिक क्षेत्रमा लाग्ने उनको तयारी छ । नयाँ गीत हेरेर सुनेर प्रतिक्रिया दिनका लागि उनले श्रोता दर्शक र शुभचिन्तकसँग आग्रह गरेका छन् ।
भिडियो









